सर्वोच्च अदालतलाई गर्भनरको जवाफ 'मास्टर्सको समकक्षता छ, त्यसले नै पीएचडी गर्न भर्ना भएको छु'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2024 | 02:19:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गभर्नर बन्न आफ्नो योग्यता पुगेको  प्रमाण दाबी पेश गर्दै सर्वोच्च अदालतमा लिखित जवाफ पठाएका छन् । गभर्नर अधिकारीले आफुले त्रिभुवन विश्वविद्यालयबाट सन् १९८८ मा वाणिज्य प्रशासन विषयमा स्नातक र सन् १९९३ मा भारतबाट चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरेको जवाफ सर्वोच्चमा पेश गरेका हुन् ।

सीएलाई त्रिभुवन विश्ववुद्यालयले मास्टर्स सरहको समकक्षता दिएको पनि उनले जवाफमा उल्लेख गरेका छन् । उनले जवाफमा भनेका छन् 'मैले प्राप्त गरेको Chartered Accountancy को Degree Commerce को M. Com. Degree हो जुन ‘TU ले निर्धारण गरेको व्यवस्थापन संकायको Master तहको Degree संग सम्बन्धित हो भन्ने पुष्टि भई नै रहेकोले पनि त्रि.वि.वि. सो कानुन बमोजिम निर्धारण गरेको Academic Degree को Equivalent र Recognized लाई प्रश्न उठाउने कानुनी आधार निवेदकलाई नभएको हुनाले विपक्षीको मनोगत जिकिरको कुनै औचित्य छैन र हुन पनि सक्दैन ।'

जवाफमा भनिएको छ ' त्रि.वि.वि. को Curriculum Development Centre को मिति २०७४।०४। १ Ref No. ५६८ को Regarding Equivalence विषयको पत्रले Business Administration मा स्नातक (B. Com) गरी The Institute of Chartered Accountants of India बाट मैले प्राप्त गरेको Chartered Accountancy लाई Masters of Commrece भनी समकक्षता समेत प्रदान गरेको छ ।'

उनले त्रिभुवन विश्वविद्यालयबाट मात्र नभई  भारतको विश्वविद्यालय अनुदान आयोगले समेत मास्टर्स रहको समकक्षता दिएको भनी उल्लेख गरेका छन् ।  उनले मास्टर्स सरह समकक्षता लिएकै भएकोले अहिले पीचडी पढ्नको लागि भर्ना भएको जवाफ पनि सर्वोच्चमा दिएका छन् । 

उनको लिखित जवाफमा भनिएको छ 'यसरी त्रि.वि.वि. ले समकक्षता निर्धारण गरेकै जस्तो भारतको विश्वविद्यालय अनुदान आयोगले समेत १५ अप्रिल २०२१ को पत्रबाट CA/CS/ICWA लाई Equivanlent to PG Degree भनी मान्यता दिएको छ । यसैगरी Association of Indian Universities Recognition of Chartered Accountancy Course as equivalent to a post Graduate Course in Commerce भनी प्रमाणित गरेको र मैले हासिल गरेको Chartered Accountancy व्यवस्थापन तहको Master’s Degree भएको कारण नै AMITY University, Noida, India मा व्यवस्थापनतर्फ पिएच. डी. (Ph. D. in Management) मा मेरो सम्पूर्ण शैक्षिक योग्यताको परीक्षण गरी भर्नाका लागि योग्यता ठानी प्रवेशपत्र समेत उपलब्ध गराइएको तर कार्य व्यस्तताको कारण परीक्षामा सहभागी हुन असमर्थ भएको अवस्था रहेको छ । यसरी त्रि.वि.वि., भारतको विश्विद्यालय अनुदान आयोग, Association of Indian Universities को Equivanlent/Recognisation र AMITY University को परीक्षणबाट समेत मेरो Chartered Accountancy व्यवस्थापन संकायको Post Graduate Degree अर्थात् स्नातकोत्तर तहको शैक्षिक उपाधि हो भन्ने पुष्टि भइरहेको स्पष्ट छ ।'

यस अघि लगानी बोर्डको सीइओ रहेको, राष्ट्र बैंक कै डेपुटी गभर्नर भईसकेको, यस अघि पनि गभर्नरको सिफारिसमा परेको र अहिले योग्यता पुगेरै गभर्नर भएको पनि उनले उल्लेख गरेका छन् । आफ्नो योग्यता पुगेकाले आफ्नो योग्यता माथि प्रश्न उठाउदै सर्वोच्चमा दायर भएको  रिट निवेदन खारेजभागी रहेको उनले जवाफमा उल्लेख गरेका छन् ।  

गभर्नरको योग्यतामा प्रश्न उठाउदै सर्वोच्चमा रिट दायर भएको थियो  ।   शैक्षिक योग्यतासम्बन्धी परेको रिटको सुनुवाइ फागुन २१ का लागि तोकिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved