समितिमा पठाइयो बैङ्किङ कसूर तथा सजाय विधेयक, के के छन् व्यवस्था ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2024 | 06:24:05 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभाले ‘बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’लाई दफावार छलफलका लागि समितिमा पठाएको छ । 

सभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको ‘बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी राखेको प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको थियो । 

सरकारले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधन गरी चेक अनादर (बाउन्स) को सजायलाई बैंकिङ कसुर बनाउने प्रस्ताव गरेको छ । विधेयकमा चेक अनादरलाई बैंकिङ कसुर मान्दै अधिकत दुई वर्षसम्मको कैद सजाय प्रस्ताव गरिएको छ। 

प्रस्तावित व्यवस्था अनुसार खातामा पैसा नभए पनि चेक जारी गर्ने अथवा भए पनि चेक साट्न पर्याप्त रकम नभएको अवस्था प्रमाणित भएमा त्यस्तो चेक जारी गर्नेलाई दुई वर्षसम्म जेल सजायको व्यवस्था गर्न लागिएको हो । विगतमा चेक बाउन्सको सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था नहुँदा समस्या पर्दै आएको थियो। 

विधेयकमा ऐनको दफा ३ मा खण्ड ‘क’ थप गरी “कसैले पनि आफ्नो बैंक खातामा रकम मौज्दात नभएको वा मौज्दात भए पनि भुक्तानीका लागि पर्याप्त छैन भन्ने जानीजानी कसैलाई चेक जारी गरी दिन वा बैंकसँग त्यस्तो चेकको भुक्तानी माग गर्नुहुँदैन,” भन्ने उल्लेख छ । 

संसदमा दर्ता भएको विद्येयकमा मूल ऐनको दफा १५ मा संशोधन गर्दै  अनादर भएको प्रमाणित भएमा चेक जारी गरिदिने खातावालबाट धारकलाई बिगो बमोजिमको रकम भराई चेक जारी गरिदिने खातावालाई बिगोको ५ प्रतिशतसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ । 

विद्येयकमा देहाय अनुसारको सजायको व्यवस्था गरिएको छ :-

- पाँच लाखसम्म बिगो  भएमा एक महिनासम्म कैद

- पाँचलाख भन्दा बढी १० लाखसम्म बिगो  भए ३ महिनासम्म कैद,

- १० लाख देखि ५० लाखसम्म बिगो भए ६ महिना कैद

- ५० लाख रुपैयाँ देखि बढी बिगो भए २ वर्षसम्म कैदको  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved