गभर्नर मातहत तानियो बैंक सुपरिवेक्षण विभाग, अब ढकालले ढुंगानालाई रिपोर्टिङ गर्नुनपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2024 | 09:38:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको बलियो र शक्तिशाली मानिने बैंक सुपरिवेक्षण विभाग गभर्नर मातहत तानिएको छ। यस अगाडी डेपुटी गभर्नर मातहत रहेको उक्त बिभाग पहिलो पटक गभर्नर मातहत तानिएको हो। 

यससंगै अब गभर्नर मातहत बैंक सुपरीवेक्षण बिभागका साथै गभर्नरको कार्यालय र वित्तीय जानकारी इकाइ रहने छ। राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै डेपुटी गभर्नर निलम ढुंगाना मातहत रहेको बैक सुपरिवेक्षण विभाग आजदेखि गभर्नर मातहत रहेको जनाएको हो। यससंगै बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देव ढकालले उक्त बिभागको रिपोर्टिङ सिधै गभर्नरलाई गर्नेछन। 

त्यस्तै गभर्नर मातहत रहेको आर्थिक अनुसन्धान विभागलाई डेपुटी गभर्नर ढुंगाना मातहत रहने गरी हेरफेर गरिएको छ। यससंगै आर्थिक अनुसन्धान विभाग प्रमुख कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले ढुंगानालाई रिपोर्टिङ गर्नुपर्नेछ। 

यसअघि गत मङ्सिरमा दुई डेपुटी गभर्नर ड़ा निलम ढुंगाना र बम बहादुर मिश्र मातहतको बिभाग पनि हेरफेर गरिएको थियो। 

राष्ट्र बैंकभित्र आवश्यकताअनुसार बिभागलाई आफुमातहत राखेर रिपोर्टिङ लिने अभ्यास नियमित जस्तै भएको राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले बिजपाटीले बताए। 'समय, परिस्तिथि र आवश्यकताअनुसार कहिले डेपुटी गभर्नर मातहतको बिभागको रिपोर्टिंग गभर्नर आफैंले लिने अभ्यास नै छ, यस अगाडी पनि अनुसन्धान बिभाग गभर्नर मातहत ल्याइएको थियो' ति कार्यकारी निर्देशकले भने। 

राष्ट्र बैंकमा रहेका १८ विभागलाई दुई डेपुटी गभर्नर मातहत राखेर जिम्मेवारी बाँडफांड गरिदै आएको छ। तर कहिले काहीं सिर्जना हुने परिस्तिथिलाई मध्यनजर गरेर सम्बन्धित बिभागलाई गभर्नर मातहत राखेर गभर्नर आफैले विभागीय प्रमुखबाट रिपोर्टिङ लिने अभ्यास छ।  यद्दपि पछिल्लो समय डेपुटी गभर्नर ड़ा निलम ढुंगाना र बैंक सुपरिवेक्षण विभाग प्रमुख देव ढकालबीच दुरी बढेकोले गभर्नरले हस्तक्षेप गरेको बजार चर्चा छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved