
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले ऋणीहरु समस्यामा पर्नुमा बैंकहरु संगै राष्ट्र बैंक पनि दोषी भएको बताएका छन् । नेपाल बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
आर्थिक स्थिति सबल हुँदा हुँदै पनि भावना अर्को देखिएको र यसको जिम्मेवार सबै भएको उनले बताए । 'ऋणीले ऋण लिंदा बुझेनन्, तर बैंकले पनि बुझ्नु पर्थ्यो' उनले भने 'त्यसैले ऋणी आज समस्यामा पर्नुको दोष बैंकहरु पनि हुन्।'
सहकारी क्षेत्रमा देखिएका समस्या र पूर्वाधारको क्षेत्रमा आएको स्थितिले गर्दा आर्थिक स्थिति सबल हुँदा पनि भावना अर्कै देखिएको उनले स्पष्ट पारे । सहकारीको १० प्रतिशत मात्रै पैसा फिर्ता हुने माहोल बनाउन सकियो भने सहकारीको अहिलेको समस्यामा न्यूनीकरण आउने उनको दाबी छ । त्यस्तै पूर्वाधारको क्षेत्रमा खर्च हुन सके यसले अर्थतन्त्रलाई चलायमान बनाउने उनले बताए ।