करोडौ काण्डमा पक्राउ परे सेन्चुरीका पूर्व सीइओ न्यौपाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2024 | 12:27:20 PM मा प्रकाशित

laxmi sunrise bank

तत्कालिन सेन्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकका डेपुटी सिईओ मनोज न्यौपाने सहित १० जनालाई पक्राउ गरेको हो 

बैंकको कर्जा पैसा दुरुपयोग गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनी र पक्राउ परेकाहरुमाथि करोडौ बराबरको रकम हिनामिना गरेको स्रोतको दाबी छ 

२०७८ असारमा बैंकको सीइओ बनेका उनी सीइओ हुँदा खेरि नै विवादमा परेका थिए। सिनियर म्यानेजरबाट ५ तह बढुवा भएर उनी एकै पटक बैंकको सीइओ बनेका थिए । 

उनी माथि कमशल धितो राखेर कर्जा दिएको, र धितो नै नराखी कर्जा दिएको लगायतका आरोप लागेको छ । यस कार्यमा बैंकका संचालक समितिका सदस्य र कर्जा विभागका कर्मचारी समेत संलग्न रहेको बताईन्छ। राष्ट्र बैंकका कर्मचारीले २ करोड लिएर उनलाई सफाई दिएको आरोप पनि लागेको छ । 

हाल उनी प्रभु बैंकका डेपुटी सीइओ छन् । नाता नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका भान्जा तथा तत्कालिन डेपुटी गभर्नरका ज्वाई पर्ने उनी बठ्याइ गरेरै बैंकको डेपुटी सीइओ बनेको स्रोत बताउछ। 

यस प्रकरणमा तत्कालिन सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, र हालको प्रभु बैंकका कर्मचारी दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ, राजेश भण्डारी लगायत पनि पक्राउ परेका छन् । 



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved