सिटिजन्स बैंकद्धारा क्रस वोर्डर व्यवसायिक भुक्तानी सेवा सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2024 | 06:03:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  फोनपे नेटवर्क सँगको सहकार्यमा क्रस वोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात गरेको छ । यस सेवा अन्तर्गत पहिलो चरणमा सिटिजन्स बैंक मार्फत क्यू.आर.  भुक्तानी सेवा लिएका व्यवसायहरुमा कारोवार गर्दा भारतीय एप मार्फत भुक्तनी गर्न सकिने बैंकले जनाएको छ । 

बैंकका अनुसार हाललाई यस्तो सेवा भारतीय एप भिम र फोनपे एपमार्फत नेपाल स्थित सिटिजन्स बैंकका फोनपे क्यू.आर. मार्फत गर्न सकिने भएता पनि भविष्यमा बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत भारतमा समेत कारेवार गर्न मिल्ने व्यवस्था गर्न लागिएको छ । यसका साथै सिटिजन्स बैंककै मोबाइल बैकिंङ्ग प्रयोग गरि भारतमा र भारतबाट सिटिजन्स बैंकका खातामा समेत रकमान्तर गर्न मिल्ने गरि कार्य भइरहेको बैंकले जनाएको छ ।

बैंकले १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved