हिमालयन बैंकद्वारा तीन बर्ष यताकै बढी लाभांश घोषणा, बोनस र नगद कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2021 | 12:15:58 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंकले गत आर्थिक बर्षको लाभांश प्रस्ताव गरेको छ। बैंकको बुधबार बसेको संचालक समितिले गत आर्थिक बर्षको कमाईबाट बोनस र नगद गरि २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। 

बैंकले प्रस्ताव गरेको लाभांशमा २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद रहेको छ। बैंकले गरेको यस पटकको लाभांश प्रस्ताव तीन बर्ष यताकै सबै भन्दा बढी हो।

बैंकले गत आर्थिक बर्ष २०७६/७७ मा १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांस, अघिल्लो आर्थिक बर्ष २०७५/७६ मा १२ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर गरी कुल २२ प्रतिशत लाभांश, आर्थिक वर्ष २०७४/७५ मा १०.७९ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर गरी कुल १५.७९ प्रतिशत लाभांश दिएको थियो। 

हाल मर्जर प्रकृयामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको भन्दा हिमालयन बैकको लाभांश प्रस्ताव १० प्रतिशतले बढी हो। नेपाल इन्भेष्टमेन्टले ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरिसकेको छ। 

बैंक संचालक समितिले गरेको यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी बार्षिक साधारणसभाले अनुमोदन गरेपछि तोकिएको मितिसम्म कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्नेछन।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved