समृद्धि फाइनान्सका ग्राहकहरुलाइ होटल ठमेल पार्कमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2023 | 06:11:01 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटल ठमेल पार्कबीच छुट सम्झौता भएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनी र होटल ठमेल पार्कका तर्फबाट व्यवस्थापक प्रमुख कृष्ण प्रसाद ढकालले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार श्रावण २०, २०८० देखी श्रावण १९, २०८१ सम्म समृद्धि फाइनान्सका ग्राहकहरुले उक्त होटलमा सेवा तथा सुविधाहरु लिए वापतको शुल्क समृद्धि फाइनान्सको मोबाइल बैकिङ्ग, डेविट कार्ड तथा क्यू.आर. प्रयोग गरी भुक्तान गर्र्दा २०% सम्मको भारी छुट प्राप्त गर्ने छन् । त्यस्तै उक्त होटलमा स्पामा २०%, खाना, पेय पदार्थ र आवासमा १५% छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ।

यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको उल्लेख गरेको छ ।  कम्पनीले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved