समृद्धि फाईनान्सको विभिन्न ५ शाखाबाट बृक्षारोपण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2023 | 08:07:04 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्घि फाईनान्सले  २०८० श्रावण १९ गते शुक्रवारको दिन संस्थाको इटहरी, गैर, औराही र बुटवल शाखाबाट र आज २०८० श्रावण २० गते शनिारको दिन पुतलिसडक शाखाबाट बृक्षारोपण कार्यक्रम समापन गरेको छ । गत हप्ताबाट सुरु भएको बृक्षारोपण कार्यक्रम श्रावण महिना भित्र सम्पुर्ण शाखाहरुबाट सम्पन्न  गर्ने तय भएको संस्थाले जनाएको छ । 

साथै फाईनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सुची मध्ये श्रावणमहिनाको लागि तय भएको कार्यक्रमहरुको रुपमा बृक्षारोपणको सुरुवात गरेको र आर्थिक बर्ष २०८०/८१ को प्रत्येक महिनामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सम्पुर्ण १३ वटै शाखाहरु बाट बिभिन्न कार्यक्रमहरु गर्ने तय भएको समेत संस्थाले जानकारी गराएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड  जस्ता डिजिटल सुविधाहरु  प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved