मर्जरपछि खप्तड लघुवित्त र धौलागिरी लघुवित्तको एकिकृत कारोबार मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2023 | 08:41:51 AM मा प्रकाशित

laxmi  sunrise bank

खप्तड लघुवित्त र धौलागिरी लघुवित्तले मर्जरपछि असर २० गते गतेबाट एकिकृत कारोबार गर्ने भएका छन्। मर्जरपछि धौलागिरी लघुवित्तको नामबाट एकिकृत कारोबार हुन लागेको हो  ।

 दुई संस्था बिच गाभ्ने गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा मंसिर १८ गते हस्ताक्षर भई पुस १७ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तीक सहमति प्राप्त गरेका थिए ।दुवै कम्पनीले चैत्र ६ गते विशेष साधारणसभामा मर्जर प्रस्ताव पारित गरेका थिए ।  नेपाल राष्ट्र बैंकले दुवै कम्पनीलाई जेठ २४ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

यी दुइ संस्था १:०.७५ को स्वापमा मर्जर भएका हुन्। अर्थात साधारणसभाले निर्णय गरे बमोजिम खप्तडको १०० कित्ता हुनेले मर्जर तथा प्राप्ति पश्चात बन्ने 'धौलागिरी लघुवित्त वित्तीय संस्था' को  ७५ कित्ता सेयर प्राप्त गर्ने छन् भने धौलागिरी लघुवित्तका शेयरधनीले १०० कित्ता बराबर १०० कित्ता नै शेयर पाउने छन्। 

मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय बाग्लुङ नगरपालिकामा रहने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved