'कर्जा असुलीभन्दा लघुवित्तकर्मीको सुरक्षा चिन्ताको विषय हो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2023 | 05:23:47 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल लघुवित्त बैंकर्स संघले अहिलेको अवस्थामा कर्जा असुलीभन्दा लघुवित्तकर्मीको सुरक्षा चिन्ताको विषय भएको जनाएको छ । संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा लघुवित्तकर्मीले यस्तो बताएका हुन् । 

 अहिले लघुवित्तहरुको मुख्य समस्या भनेको कर्जा असुली नभई लघुवित्तकर्मीको सुरक्षाको विषय भएको संघका पूर्व अध्यक्ष बसन्त लम्सालले बताए। कर्जा असुली हुँदै जानेमा आफुहरु विश्वस्त भए पनि लघुवित्त र लघुवित्तकर्मीहरुको सुरक्षा पहिलो चिन्ताको विषय भएको उनले बताए ।  

 त्यस्तै सघका महासचिव राम बहादुर यादवले पैसा तिर्ने चाहनेहरुले पनि सुरक्षाको कारणले तिर्न नपाएको बताए  । पैसा तिर्न नदिने कार्य भएको र संघर्ष समितिमा लागेर पैसा फिर्ता गर्न सक्षमले पनि ऋण नातिरको अवस्था रहेको उनले बताए  ।

आज नै संघले सुरक्षाको प्रत्याभूतिको माग गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ  । मनिराम ज्ञवालीसहितका व्यक्तिहरुको नेतृत्वमा भएको ऋण नतिर्ने आन्दोलन नरोकिएपछि संघले ज्ञापनपत्र बुझाएको हो  । ज्ञापनपत्रमा उक्त समुहको गतिविधिहरु निरन्तर चली रहने, राज्यको संयन्त्रबाट असहयोग हुने, र हालको सुरक्षा अवस्थामा सुधार नभएमा लघुवित्त वित्तीय संस्थाहरुले अझ कडा कदम चाल्ने र यसका सम्पूर्ण सेवाहरु बन्द गर्नु पर्ने जस्ता अप्रिय निर्णय लिन बाध्य हुने उल्लेख गरिएको छ ।

विषयको गाम्भिर्यतालाई मनन गरी सम्बन्धित निकायहरुलाई आवश्यक निर्देशन दिई शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाई दिन समेत ज्ञापनपत्रमार्फत माग गरिएको छ ।   नेपाल सरकारले लघुवित्त क्षेत्रको सुदृढीकरणका लागि लिने नीतिगत व्यवस्थाका लागिआभार प्रकट गर्दै हालको समस्या समाधानका लागि संघले आग्रह गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved