‘लघुवित्तले लक्ष्य बिर्सनु हुँदैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2023 | 07:16:42 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्त संस्थाले लक्ष्य बिर्सन नहुने बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार शुभारम्म समारोहमा बोल्दै मन्त्री डा. महतले किसानको जीवस्तर उठाउनुपर्ने लघुवित्तको लक्ष्य भएको बताएका हुन् ।

नुवाकोटको तुप्चे र धनुषाको महेन्द्रनगरबाट सुरु भएको साना किसान विकास लघुवित्त अहिले देशैभर फैलिएको र एकीकृत सेवा प्रवाह भएपछि हुम्ला पनि समेटिने विश्वास आफूले राखेको अर्थमन्त्री डा. महतको भनाई छ ।

‘१२ लाख साना किसान परिवार सहकारीमार्फत् सेवा प्राप्त गरिरहेका छन्, ४५ अर्ब र सहकारी आफैँले सञ्चालन गरेको स्थानीय वित्तीय श्रोतबाट ६७ अर्ब रुपैयाँ किसानलाई आवश्यक सेवा दिएको जानकारी प्राप्त भएको छ, ८० प्रतिशत यसमा महिला सहभागी हुनुहुन्छ, आदिवासी जनजातीको ३८ प्रतिशत, र दलितको संख्या ११ प्रतिशत छ’ अर्थमन्त्री महतले सुनाए, ‘समग्रमा जनसंख्याको जुन आकार छ, त्यो सबैलाई समेट्ने खालको छ, यो एकदमै खुशीको कुरा हो ।’ 

सरकारको सन् २०३० सम्म दीगो विकासको लक्ष्यमा पुग्ने भनिरहेको स्मरण गराउँदै उनले त्यसका धेरै सूचांकहरुमध्ये एउटा गरिबी हटाउने महत्वपूर्ण लक्ष्य भएको भन्दै यसका लागि लघुवित्त संस्थाले ठूलो भूमिका खेल्ने बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved