मर्जरपछि नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको एकिकृत कारोबार मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2023 | 08:17:27 AM मा प्रकाशित

laxmi  sunrise bank

 नयाँ सारथी लघुवित्त र विजय लघुवित्तले असार ३१ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । विजय लघुवित्तको नामबाट एकिकृत कारोबार हुन लागेको हो । 

२०७९ चैत्र २८ गते दुवै संस्थाले आफ्नो साधारणसभाबाट मर्जर प्रस्ताव पारित गरेका थिए। नेपाल राष्ट्र बैंकले असार १५ गते र नेपाल धितोपत्र बोर्डले असार २१ गते मर्जरको लागि अन्तिम स्वीकृति पाएका थिए । कम्पनी रजिष्ट्रार कार्यालयले असर २४ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएपछि असार ३१ गतेबाट एकिकृत कारोबार हुन लागेको हो । यी दुई संस्थाबीच २०७९ मङ्सिर २७ गते मर्जरको लागि सम्झौता भएको थियो । 

यी २ संस्था १:१ को स्वापमा मर्ज हुन लागेका हुन् । मर्जरपछि बन्ने विजय लघुवित्तको केन्द्रीय कार्यलय धुलिखेलमा रहने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved