मर्जरपछि नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तको एकिकृत कारोबार मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2023 | 08:47:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त मर्ज भएपछि असार ३० गतेबाट एकिकृत कारोबार सुरु गर्ने भएका छन् । नेशनल लघुवित्तको नामबाट एकिकृत कारोबार हुने भएको हो ।

असार ३ गते दुवै संस्थाले आफ्नो साधारणसभाबाट मर्जर प्रस्ताव पारित गरेका थिए। नेपाल राष्ट्र बैंकले असार २२ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो ।

यी २ संस्था १:०.७३  को स्वापमा मर्ज हुन लागेका हुन् । अर्थात् १०० कित्ता शेयर हुने नेशनलका लगानीकर्ताले मर्जरपछि बन्ने कम्पनीमा १०० कित्ता नै शेयर पाउने छन् भने समीटमा १० कित्ता शेयर हुने लगानीकर्ताले मर्जर पछि बन्ने कम्पनीमा ७३ कित्ता शेयर पाउने छन् ।   मर्जरपछि बन्ने नेशनल लघुवित्तको केन्द्रीय कार्यलय बनेपामा रहने छ । 

एकिकृत कारोबारको लागि सिस्टम इन्टिग्रेट गर्नु पर्ने भएकोले असार २९ गते दुवै संस्थाको सम्पूर्ण कारोबार बन्द रहने भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved