मर्जरपछि नेरुडे र मिर्मिरे लघुवित्तको एकिकृत कारोबार मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2024 | 08:48:11 AM मा प्रकाशित

laxmi  sunrise bank

मर्जरपछि नेरुड़े लघुवित्त र मिर्मिरे  लघुवित्तले फागुन ३० गतेबाट एकिकृत कारोबार गर्ने भएका छन् । नेरुड़े मिर्मिरे लघुवित्तको नामबाट एकिकृत कारोबार हुन लागेको हो  । 

दुवै संस्थाको वैशाख १० गते सम्पन्न विशेष साधारणसभाले मर्जर तथा  प्राप्ति प्रस्ताव पारित गरेका थिए। नेपाल राष्ट्र बैंकले कार्तिक ३ गते तथा नेपाल धितोपत्र बोर्डले कार्तिक २४ मा मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो  ।  त्यस्तै कम्पनी रजिष्ट्रार कार्यालयले फागुन२२ ८ मा मर्जरको लागि अन्तिम स्वीकृति दिएको हो  । 

यस संगै यी कम्पनीले फागुन ३० गतेबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् । यी दुई संस्था १:१ को स्वापमा मर्ज हुन लागेका हुन् ।  

एकिकृत कारोबारपछि संस्थाको रजिष्टर्ड कार्यालय साविक मिमिरेको कार्यालय रहेको स्थान काभे्रपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १३ मा रहने छ भने कर्पोरेट कार्यालय काठमाडौ र ललितपुर महानगरपालिका बाहेक काठमाडौँ उपत्यका भित्र रहने छ । 

एकिकृत कारोबार सुरु हुने भएसंगै दुवै संस्थाको शेयर कारोबार फागुन २९ गतेदेखि बन्द रहने छ । शेयर लागत एकिकरण गरि शेयर पुन: सुचिकृत भएपछि  नेरुड़े मिर्मिरे लघुवित्तको नामबाट शेयर कारोबार खुल्ने छ । त्यस्तै कारोबार मिलानको लागि फागुन २९ गते दुवै कम्पनीको आर्थिक कारोबार बन्द हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved