सरकारसंगको सहमतिबारे के भन्छन लघुवित्त पिडित संघर्ष समितिका अध्यक्ष ज्ञवाली ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2024 | 06:25:22 AM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त पिडित संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले सरकारसंग भएको सहमतिलाई सकारात्मक भनेका छन्। लघुवित्त पिडितको हकको लागि लडेको करिब दुई बर्ष लामो संघर्षलाई सम्बोधन गरेर सरकारले ६ बुंदे सहमति गर्नु सकारात्मक भएको उनले बताए। 

उनले भने, 'लघुवित्त पिडितको केहि माग सम्बोधन हुनेगरि ६ बुंदे सहमति भएको छ, यस सहमतिका बुँदा नम्बर ३ र ५ कार्यन्वयनमा आएर लघुवित्त पिडितको केहि सम्बोधन भएपनि यसले हाम्रो आन्दोलनलाई आंशिक सम्बोधन हुनेछ।'

आफुहरुले उठाएको मागहरु मध्ये केहि माग सम्बोधनको क्रममा रहनु पनि उपलब्धि भएको बताउदै संयोजक मनिराम ज्ञवालीले आफुहरुले अगाडी सारेको माग कार्यन्वयनमा नै आफुहरुको आगामी आन्दोलन तय हुने बताए। 

'सरकारल हामीले अगाडी सरेका मागहरु कसरी सम्बोधन गर्छ त्यसमा नै हाम्रो आद्नोलनको रुपरेखा तयार हुनेछ' उनले भने।  नेपाल सरकारले शुक्रबार मात्रै लघुवित्त पिडितहरुसंग ६ बुंदे सहमती गरेको थियो।  सोहि अनुसार अर्थमन्त्रालयले शुक्रबार लघुवित्त पिडितसंग ६ बुने सहमति गरेको थियो। सरकारले शुक्रबार नै डेपुटी गभर्नरको संयोजकत्वमा लघुवित्त पिडितको समस्या समाधान गर्नलाई कार्यदल गठन गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved