नेरुडे मिर्मिरे लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2024 | 05:34:45 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

आज एक कार्यक्रमका बीच नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।  

सम्झौतापत्र अनुसार शेयर दाखिल खारेज, नामसारी, धितोबन्धक, अभौतिकिकरण लगायत शेयर रजिस्ट्रेसन  सम्बन्धी सम्पूर्ण कार्यहरु  नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले गर्ने छ । यो सम्झौता आज चैत्र ०४ गते आइतबारका दिनदेखि नै प्रारम्भ भएको छ । 

नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त एक आपसमा गाभिई २०८० फागुन ३० गतेदेखि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट राष्ट्रिय स्तरको लघुवित्तको रुपमा एकीकृत कारोबार शुभारम्भ गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved