
साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार परिसुचक नेप्से घटेको छ । बुधबार ५ अंकले बढेको नेप्से २०.१६ अंकले घटेर १ हजार ८ सय ७४.६० को बिन्दुमा बजार बन्द भएको हो । यससाता पाँचै दिन सेयर कारोबार भएको बजारमा बुधबार बाहेक सबैदिन सुचक घट्दा साताभर ८३ अंकले बजार तल झरेको हो ।
आज जम्माजम्मी २३ कम्पनीको सेयर भाउ बढेको छ भने २१० को घटेको र ४ कम्पनीको सेयर मुल्य स्थिर छ । जसमध्ये दुई कम्पनीको मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिनको कारोबारमा भगवति हाइड्रो पावर र मिड शोलुको सेयर मुल्य १० प्रतिशतले बढेको छ भने हाथवे इनभेष्टमेन्टको सेयर मुल्य ९।९८ प्रतिशतले बढेको छ ।
त्यस्तै २९२ कम्पनीको सेयर कारोबार हुँदा १ अर्ब ७० करोड रुपैयाँको आज सेयर किनबेच भएको छ ।