मङ्सिर २१ देखि जिम्मेवार व्यवसाय सम्मेलन हुदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2023 | 07:16:58 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय व्यवसायिक पहल(एनबीआई) ले मङ्सिरमा चौंथो जिम्मेवार व्यवसाय सम्मेलन (4th Responsible Business Summit) गर्ने भएको छ । काठमाडौंको हायात रिजेन्सीमा यही मङ्सिर २१ र  २२ गते दुई दिनसमम आयोजना हुन लागेको हो ।

२०७१ सालदेखि आयोजना हुँदै आइरहेको यो सम्मेलनको चौंथो संस्करण "Adapting to Emerging Business Realities" भन्ने नाराका साथ हुन लागिरहेको एनबीआईले जनाएको छ ।

एनबीआईका अनुसार  सम्मेलनमा नेपालका उद्योग व्यवसायहरूले जिम्मेवारपूर्ण ढंगले के कसरी अघि बढ्न सक्दछन् भन्ने सम्बन्धमा समाज, वातावरण तथा अर्थतन्त्र गरी ३ विधाको ११ वटा विषयहरूमा विभिन्न प्रस्तुतिहरू मार्फत छलफल हुनेछ । समाज विधा अन्तर्गत आधुनिक दासत्व तथा मानव बेचबिखन, व्यवसायिक आचारसंहिता र संस्थागत सामाजिक उत्तरदायित्त्व, व्यावसायिक स्वास्थ्य तथा सुरक्षा, र व्यवसाय तथा मानव अधिकार गरी चार विषय रहनेछन्। यस्तै वातावरण विधामा पर्यावरणमा व्यावसायिक असरको व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारी र नवीकरणिय उर्जा सम्बन्धी विषय रहनेछन्। त्यसैगरी, अर्थतन्त्र विधामा व्यवसायिक वातावरण निर्माण, नवप्रवर्द्धन तथा उद्यमशिलता, डिजिटल अर्थतन्त्र र व्यावसायिक निरन्तरता योजना गरी चार विषय रहने एनबीआईका अध्यक्ष कुश कुमार जोशीले जानकारी दिए ।

कार्यक्रममा नेपाल तथा भारत, अस्ट्रेलिया, सिंगापुर, जापान लगायत विभिन्न देशका विज्ञ तथा वक्ताहरुको प्रस्तुती रहनेछ। ३० भन्दा बढी वक्ताहरु रहने यस कार्यक्रममा ३०० भन्दा बढी व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरु, शिक्षाकर्मी, नागरिक समाज, सरकारी निकाय, बैंक तथा वित्तिय क्षेत्रको सहभागिता रहने जनाईएको छ ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट प्राज्ञिक साझेदार रहेको छ भने निजी क्षेत्रका अग्रणी संस्थाहरुको सहकार्य रहने जोशीको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved