अन्तराष्ट्रिय व्यापार मेला सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2023 | 11:16:05 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघद्धारा प्रत्येक वर्ष आयोजना गरिंदै आएको नेपाल अन्तराष्ट्रिय व्यापार मेला आज मङ्सिर १४ गते देखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । मेलामा २१० वटा स्टलहरु रहेका छन् । 

महासंघका अनुसार मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश लगायतका देशहरुको सहभागिता रहेको छ । मेलामा नेपाली युवा उद्यमी मन्चद्धारा मेड इन नेपाल पेभेलियर र जुत्ता उत्पादक संघको तर्फबाट ४० वटा स्टल सहितको पेभेलियन रहेको छ । मेलामा चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८÷८ स्टलहरु रहेका छन् । उक्त मेला बिहान १० देखि साँझ ५ बजे सम्म खुल्ला हुने छ । 

नेपाल सरकार÷उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रको प्रबर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा क्यालेन्डर इभेन्टको रुपमा मेला आयोजना हुँदै आएको छ । नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२३ नवौं संस्करण हो ।

महासंघका अनुसार नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२३ नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजारमा प्रबर्द्धन गर्न एक सशक्त माध्यम बन्दै आएको छ । मेलामा नेपालको औद्योगिक व्यवसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास लिइएको महासंघले जनाएको छ । 

महासंघका अनुसार आज मेलाको अवसरमा चीनको गान्छु प्रदेशबाट १२ जना व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यापारिक प्रतिनिधिमण्डल बीच छलफल एवं बिजनेश म्याचमेकिङ कार्यक्रम समेत राखिएको छ । उक्त छलफल कार्यक्रममा कृषि, जडिबुटी, औधषी, हस्तकला एवं दैनिक उपभोग्य वस्तुका विषयमा छलफल हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved