अर्थतन्त्र दुर्घटनाको नजिक छ, बचाउन सरकार र निजी क्षेत्रबीच सहकार्य चाहिन्छ: उपाध्यक्ष वैद्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2023 | 10:44:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले आर्थिक मन्दी लम्बिँदै गए देश झनै आर्थिक संकटमा फस्ने जोखिम बढ्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १४औँ साधारणसभामा आफ्नो मन्तव्य राख्दै उनले देश आर्थिक रुपमा दुर्घटनाको नजिक रहेकाले अर्थतन्त्र बिग्रनबाट जोगाउन निजी क्षेत्र र सरकारबीच सहकार्य हुन आवश्यक रहेको बताए । 

‘अर्थतन्त्र मन्दीमा छ, असहज अवस्थामा छ, देश आर्थिक रुपमा दुर्घटनाको नजिक पुगेको छ’ उनले भने, ‘यसबाट देशलाई जोगाउन सरकार र निजी क्षेत्रबीच सहकार्य हुन आवश्यक छ, निजी क्षेत्रले अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग यस विषयमा छलफल पनि गरिरहेको छ, यसलाई अझै बढाउनुपर्ने छ ।’

उपाध्यक्ष वैद्यले उद्योगी व्यवसायीहरु भनेका करदाता भएकाले उनीहरुलाई करदाताको रुपमा व्यवहार गर्न सरकारसँग पनि माग गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved