ब्याजदर घटाउन राष्ट्र बैंकले नीतिगत हस्तक्षेप गर्नुपर्छः कमलेश अग्रवाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2023 | 11:09:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले राजस्वमा ८० प्रतिशत योगदान दिएको निजी क्षेत्र अहिले मर्कामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १४औँ साधारणसभामा बोल्दै उनले पसल र सटरहरु बन्द हुने क्रम देशव्यापी रुपमा बढिरहेकाले राज्यले जेसुकै भने पनि निजी क्षेत्रले बोलेको आवाज नै वास्तविक आवाज भएको बताएका हुन् ।

‘बैंकको ब्याज तिर्न नसकेर व्यवसायीहरु छट्पटाइरहेका छन्, जताततै सटर खाली भएका छन्’, उनले भने, ‘निजी क्षेत्र कर्जाको पुनरतालिकीकरण र कर्जाको ब्याजदर एकल अंकमा झर्ने पर्खाइमा रहेको छ ।’ 

उनले बैंक तथा वित्तीय संस्थामा अहिले तरलता सहज भए पनि कर्जा लगानी हुन नसकेको तर्फ सोचेर नीतिगत सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । उनले ब्याजदर बढाउन बिगतमा राष्ट्र बैंकले नीतिगत हस्तक्षेप गरेको स्मरण गर्दै अहिले पनि ब्याज घटाउन सोही किसिमको हस्तक्षेप आवश्यक रहेको बताए । 

उनले केही दिन अघि एकिकृत निर्देशनमार्फत राष्ट्र बैंकले कालो सूचीसम्बन्धी व्यवस्थामा केही लचकता अपनाउनुलाई निजी क्षेत्रले सकारात्मक रुपमा लिएको बताए । 

फरक प्रसंगमा अग्रवालले सरकारले वैशाखमा लगानी सम्मेलन गर्ने भने पनि त्यसको तयारी पर्याप्त हुन नसकेको बताए । कन्ट्रि रेटिङ र हेजिङ जस्ता प्रावधान लगानी सम्मेलनका लागि आवश्यक पर्ने भएपनि यो हुन नसकेकाले लगानी सम्मेलन सफल हुनेमा शंका रहेको उनको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved