खेत किन्नेलाई होइन, खेती गर्नेलाई कृषि कर्जा दिनुपर्छः अध्यक्ष मल्ल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2024 | 05:31:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले खेत किन्नेलाई नभई खेती गर्नेलाई कृषि कर्जा प्रदान गर्न सरकारसँग माग गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७३ औँ वार्षिक साधारणसभामा सम्बोधन गर्दै अध्यक्ष मल्लले बैंक तथा वित्तीय संस्थाहरूले अहिलेसम्म खेती गर्नेलाई भन्दा पनि खेत किन्नेलाई कृषि कर्जाका दिने गरेको भन्दै असन्तुष्टि जनाए । 

सरकारले कृषिमा दिँदै आएको सहुलियत कर्जामा निरन्तरता दिनु पर्ने भन्दै उनले भन्सारमा कारोबार मूल्यलाई मान्यता दिई ढड्डाबाट पैसा उठाउने विधि तत्काल खारेज गर्नसमेत माग गरेका छन् । अध्यक्ष मल्लले सरकारले युवाहरूलाई मुलुकभित्रै रोजगारी दिनेगरी रणनीतिक योजना बनाउन समेत आग्रह गरे । 

उनले आर्थिक गतिविधि बिस्तार र निर्यात प्रवर्द्धनका लागि संसदमा विचाराधीन कानुनहरू निजी क्षेत्रको सुझाव अनुसार संशोधन गरेर पारित गर्न पनि माग गरे । 

साथै, उनले नेपालमा काठको आयात बन्द गर्न समेत माग गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved