नेटवर्किङ व्यवसायबाट सांसद नै ठगिए, प्रधानमन्त्री बनाईदिनेसम्मको अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2020 | 06:41:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा फेरी  नेटवर्किङ व्यवसाय सुरु हुन लागेको हो कि भन्ने आंकलन सुरु भएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गत असार १६ गतेदेखि वस्तुको प्रत्यक्ष बिक्री तथा वितरणका लागि भन्दै दिन थालेको इजाजत पत्रले नेटवर्किङ व्यवसायको झल्को दिएको हो । 

पहिला नेटवर्किङको नाममा ठगी गरेकै समूहलाई इजाजत दिइएको, इजाजत दिनु अगाडी सामान्य अध्ययन समेत नगरेको तथा इजाजत दिनु अघि नै नेटवर्किङ व्यवसायमा संलग्न भएको प्रमाण भेटिएकोले फेरी नेटवर्किङको बहस सुरु भएको हो । यसैबीच संघिय संसदको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले मन्त्रीदेखि विभागजा महानिर्देशकलाई बोलाएर यसबारे छलफल गरेको छ । 

उक्त छलफलमा समितिका अधिकांश सदस्यहरुले पहिला नेटवर्किङ व्यवसायमा ठगिएको भन्दै नेटवर्किङ व्यवसायलाई बैधता दिन नहुने तर्क राखेका छन् ।विभिन्न प्रलोभवनमा पारेर आप्नै नजिकका आफन्तबाट विभिन्न कम्पनीबाट डेढ लाख सम्म ठगिएको भन्दै विगतमा ठगि गरेकै कम्पनीलाई बिना अनुगमन हतारमा अनुमति दिइएको भन्दै समितिका सदस्यहरुले आपत्ती व्यक्त गरेका छन् ।  वस्तुको प्रत्यक्ष बिक्री तथा व्यवस्थापनका लागि ल्याइएको नयाँ ऐन तथा कार्यविधि अनुसार कार्य गर्ने तर कसैले पुरानै रुपमा नेटवर्किङ व्यवसायालई पुनः निरन्तरता दिएको भेटिए तत्काल कारवाही गर्ने विषयमा समेत समितिमा छलफल भएको छ ।

सांसद कृष्णकुमार श्रेष्ठ, भिमसेन दास प्रधान, गोपाल बम, सुजाता परियार तथा सरिता केसीले आफूहरु आप्नै आफन्तबाट ठगिएको भन्दैँ पुरानै कामलाई निरन्तरता दिननहुने तर्क राखेका छन् । बैठकमा समितिका सदस्य कृष्णकुमार श्रेष्ठले गोल्डक्वेस्ट नामको नेटवर्किङ कम्पनीबाट आफू ठगिएको बताउदै पहिलाको जस्तै व्यवसायलाई इजाजत दिन नहुने तर्क गरे । उनले भने 'केहि वर्षअघि उक्त नेटवर्किङले ५० हजार लगानी गरेपछि पैसा धेरै आएको आइ गर्छ भनेर म ठगिए । ममेरै नजिकका आफन्तको आग्रहमा नचाहदा नचाहदैँ ५० हजार लगानी गर्न पुगे तर ठगीए । '

बन्दाबन्दीको अबधिमा धमाधम इजाजत दिइएको विषयमा पनि अनुसन्धान गर्नु पर्ने उनले बताए । उनले ऐन अनुसार नभएको भन्दै स्पष्टिकरण सोध्ने अनि त्यहि कम्पनिमा गएर प्रशिक्षण दिने मन्त्रालयका अधिकारीसँग पनि जवाफ माग गरेका छन्।  उनले भने 'इजाजत दिने संस्थालाई नै प्रलोभनमा राखेर काम भइरहेको भन्ने उपभोक्ता अधिकारकर्मीहरुले गुनासो राखेका छन्, केहि दिनयता हामीहरु नेटवर्किङ व्यवसायको बारेमा जनतालाई जवाफ दिदैमा ठिक्क भएका छौँ । '

विगतमा नेटवर्किङ व्यवसायमा श्रेष्ठ जस्तै धेरै ठगिनेमा समिति सदस्य सुजाता परियार पनि छिन् । ७÷८ वर्षअघि भारतीय नेटवर्किङ कम्पनी मेडिकेयरको औषधि प्रयोग गर्दा राम्रो हुन्छ भन्दै सदस्यता बन्न आग्रह गरेको र त्यसमै लाग्दा आफु ठगिएको उनी बताउछिन्  । उनले भनिन् ' आफन्तकै आग्रहमा डेढ लाख ठगि भयो, अनेक औषधि भन्दै धेरैलाई दिइयो, तर पैसा लिएर आएनन् । ' उनले पहिला ठग्नेहरुले नै पुनः अनुमति लिएको भन्दै आफै धामि र आफै झाक्री भएको भन्दैँ तत्काल इजाजत रोक्नुपर्नेमा जोड दिइन् । 

अर्काे सांसद देबेन्द्र पौडेलले नचाहदा नचाहदैँ पनि नेटवर्किेङ व्यवसायबाट आफू ठगिएको भन्दै पुरानै गल्ती नहोला भन्ने नसक्ने भन्दै पुरानै शैलिमा इजाजत दिन नहुने तर्क राखे । उनले केही दिन अघि साथीले आयुर्वेदीक औषधि नै प्रमाणिकरण नभएको, उत्पादन, वितरक तथा प्रयोग गर्नुको कारण उल्लेख नभएको औषधि दिएको भन्दै सतर्कता अपनाउनु पर्नेमा जोड दिए । उनले इजाजत प्राप्त गरेका कम्पनीले  वितरण गर्ने सामग्रीको गुणस्तरमाथी नै प्रश्न राख्दै साथीको उदाहरण दिएका हुन् । अर्का सदस्य प्रकाश रसाइलीले पहिला ठगी गरेकाहरुले क्षतिपूर्ति स्वरुप उपभोक्तालाई कति पैसा दिए, कानुन अनुसार कारवाहीमा परे वा परेनन्, सबै खोजी नगरी इजाजत दिइएको भन्दै आपत्ति व्यक्त गरे । 

रुप फेरेर नेटवर्किङ व्यवसायको रुपमा बेला बेलामा पुरानै कम्पनी आएको भन्दै तत्काल अनुगमन र अध्ययन गरेर बन्द गर्नुपर्ने पुर्व मन्त्री सोमप्रसाद पाण्डे बताउछन्। आफु पनि ठगिएको बताउदै उनले भने '२०२९ सालतिर म कक्षा ९ मा पढ्दा एउटा कम्पनीले १८ रुपैयाँमा बेचिरहेको जिन्सको पाइन्ट ९ रुपैयाँमा बेचेर अरु ९ जनालाई किन्न लगाएको थियो । बजारमा धेरै महगो भएको सामान सस्तोमा धेरैलाई बेच्ने सुनेर नै ठगी हो भनेर मलाई जति अफर आएपनि काम गरिन, पटक पटक ठुलै पद दिन्छु भनेर धेरै आए । '

उनले आफु सांसद भएको तर गोल्डक्वेस्ट कम्पनीमा आवद्ध भए प्रधानमन्त्री नै बनाउने भनेर अफर समेत आएको बताए। उनले भने 'म सांसद प्रधानमन्त्री हुने बेला भएको छैन भनी मैले स्वीकार गरिन । '

यो पनि : 

नेटवर्किङ व्यबसाय रोक्न निर्देशन, अध्ययन उपसमिति गठन

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved