नेपाल मै उत्पादन भएको हाइड्रोजनबाट गुड्यो कार, २ किलोले २ सय किलोमिटर कुद्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2024 | 09:28:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली पानी र नेपाल कै बिजुली प्रयोग गरेर नेपालमा पहिलो पटक हाइड्रोजन उत्पादन गरिएको छ । उत्पादित हाइड्रोजन इन्धन कारमा भरेर सफल परिक्षण पनि भएको छ

काठमाडौँ विश्वविद्यालय (केयु) ले काभ्रेको धुलिखेलस्थित आफ्नै परिसरमा रहेको हाइड्रोजन रिफ्युलिङ स्टेसनमा हाइड्रोजन उत्पादन गरि सो हाइड्रोजन  कारमा हालेर हाइड्रोजन इन्धनबाट कार गुडाएको हो । अहिले करिब ४० देखि ४५ युनिट विद्युत् खपत गरी १० लिटर पानी खण्डीकरण गरी दुई किलो हाइड्रोजन उत्पादन गरिएको विश्वविद्यालयले जनाएको छ। त्यति इन्धनबाट एउटा कार दुई सय किलोमिटर गुड्ने छ 

हाइड्रो ल्याबका प्रमुख सहप्राध्यापक डा. विराजसिंह थापाको नेतृत्वमा यो काम संम्भव भएको हो। यस परियोजनाका लागि नेपाल आयल निगमले केयुलाई पाँच करोड रुपियाँ उपलब्ध गराएको थियो । त्यसबाट ३३ हजार अमेरिकी डलर (करिब ४४ लाख रुपियाँ) को कार किनिएको र एक करोड ३० लाख रुपियाँको लागतमा रिफ्युलिङ सेन्टर स्थापना गरिएको विश्वविद्यालयले जनाएको छ

 केयुले ३०–३५ वटा हाइड्रोजन गाडीलाई रिफ्युलिङ गर्न सकिने गरी हाइड्रोजन रिफ्युलिङ सेन्टर स्थापना गर्न पाइलट प्रोजेक्ट तयार गर्ने योजना अगाडि बढाएको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved