प्रस्तावित महालेखापरीक्षक तोयम राया विरुद्द उजुरी आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2024 | 12:11:32 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ । संसदीय सुनुवाइ समितिको आजको बैठकले रायासँग सम्बन्धित कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सर्वसाधारणलाई सूचना जारी गर्ने निर्णय गरेको छ ।

 संवैधानिक परिषद्को आइतबारको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी रायालाई उक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

पूर्व अर्थसचिव रहिसकेका राया हाल राष्ट्रिय तथ्यांक कार्यालयमा प्रमुख तथ्यांक अधिकारी (सचिव)को रुपमा कार्यरत छन्  । अब संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि उनी महालेखापरिक्षक नियुक्त हुने छन् । महालेखापरिक्षकको कार्यकाल ६ वर्षको हुनेछ। 

 गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो । महालेखापरीक्षकका लागि १६ जनाको आवेदन परेको थियो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved