हिमालयन लाईफ इन्स्योरेन्समा ६ सञ्चालक निर्विरोध, ५ जना पुरानै अनुहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2024 | 10:39:30 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन लाईफ ईन्स्योरेन्सको सञ्चालक निर्विरोध चयन हुने भएका छन् । कम्पनीले ६ जना सञ्चालकको लागि उम्मेदवारी दर्ता गर्न दिएको समयमा ६ जनाको मात्र आवेदन परेसँगे उनीहरु निर्विरोध चयन हुने भएका छन् । 

कम्पनीले संस्थागत शेयर धनीहरुको तर्फबाट ३ र सर्वसाधारण शेयर धनीहरुको तर्फबाट ३ गरी ६ जनाको लागि आवेदन माग गरेको थियो । जहाँ संस्थापकको तर्फबाट शुलभ अग्रवाल, विवेक दुगड र सौरभ दुगडको उम्मेदवारी परेको छ । उनीहरु अहिलेपनि सञ्चालकमा नै छन् । अग्रवाल कम्पनीको अध्यक्षको जिम्मेवारीमा छन् । 

त्यसैगरी, सर्वसाधारणको तर्फबाट राजिव प्रसाद प्याकुरेल, सचिन आचार्य र प्रमिला केसीले उम्मेदवारी दिएका छन् । जसमध्ये प्याकुरेल र केसी हाल पनि कम्पनीको सञ्चालक नै छन् । 

कम्पनीको वार्षिक साधारण सभाग भोलि बिहिबार हुँदैछ । उक्त सभाबाट उनीहरु सञ्चालकमा चयन हुनेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved