एक सय रुपैयाँको नोटको डिजाइन परिवर्तन गर्ने सरकारको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2024 | 03:58:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ। बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन्।

उनका अनुसार एक सय रुपैयाँ दरको नोटको अग्र भागमा रहने गरेको नेपालको नक्साको स्थानमा नेपालको नयाँ नक्सा राखेर नोटको डिजाइन परिवर्तन गर्ने निर्णय भएको बताएकी हुन् । अब सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा अर्थात् चुच्चे नक्सा राखिने छ ।

यस संगै अब नेपाल राष्ट्र बैंकले नयाँ नक्सा सहित एक सय रुपैयाँको नयाँ नोट छाप्ने प्रक्रिया अगाडी बढाउने छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved