किन बढिरहेको छ जीवन बीमा त्याग्नेको संख्या ?

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Jan 31, 2024 | 07:08:52 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय जीवन बीमा बिचैमा त्याग्नेको संख्या बढ्ने क्रममा रहेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले पनि बीमा बिचैमा त्याग्नेको संख्या उल्लेख्य रुपमा बढेको देखिएको छ।

प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म ५३ हजार ११३ वटा बीमालेख सरेण्डर अर्थात बिचैमा त्याग भएको छ। ५३ हजार बीमालेख त्याग हुँदा ६ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको बीमालेख त्याग भएको हो। गत आर्थिक वर्षको सोहि अवधिमा ४३ हजार ७१० बीमालेख त्याग भएका छन् । गत आर्थिक वर्षको दोस्रो त्रैमाससँग तुलना गरेर हेर्दा चालु आवको सोहि अवधिमा २१.५१ प्रतिशतले बीमालेख  त्याग भएको देखिन्छ । गत मंसिर महिनामा मात्रै ९ हजार ७४४ जनाले १ अर्ब ८ करोड ७० लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका थिए ।

त्यसैगरी, कार्तिक महिनामा ६ हजार ९१ जनाले ७९ करोड ४९ लाख रुपैयाँको बीमात्याक अर्थात सरेण्डर गरेका थिए भने असोज महिनामा ९ हजार ९३६ जनाले १ अर्ब १८ करोड २९ लाख रुपैयाँ बराबरको बीमा सरेण्डर गरेको नेपाल बीमा प्राधिकरणको तथ्यांक छ । 

आफ्नो दैनिक तथा आधारभुत आवश्यकता पुरा भएपछि मात्र बीमा गर्नेको संख्या नेपालमा धेरै छ। यसले गर्दा अहिले मानिसहरुमा आर्थिक रुपमा चर्को दबाब रहेको देखाउंछ। अर्थतन्त्र शिथिल अवस्थामा रहेकाले धेरैको आम्दानी खुम्चिन गएकाले मानिसहरु आफ्नै बीमालाई पनि निरन्तरता दिन नसकेर बीमालेख त्याग गर्ने अवस्थामा पुगेको बीमा विज्ञहरु बताउँछन्। 

आर्थिक अवस्था पनि कारण : शिवनाथ पाण्डे

पछिल्लो समय बीमालेख त्याग बढनुको पछाडी विषेशगरी ३ कारण रहेको बीमा विज्ञ तथा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डे बताउँछन् । सीईओ पाण्डेका अनुसार ब्यक्तिको आर्थिक अवस्था, अभिकर्ता र अण्डरराईटिङका कारणले बीमात्याग हुने गरेको छ । आर्थिक अवस्थाले मानिसहरुमा चल्ने रकमको अभाव हुँदा सरेण्डर बढेको उनको बुझाई छ । उनले भने 'मानिसहरुमा पैसा अभाव भएपछि चल्नका लागि सरेण्डर रोज्ने गर्दछन् । '

त्यसैगरी उनले अभिकर्ताहरुले एक कम्पनीबाट अर्को कम्पनीमा शिफ्ट हुँदा आफ्ना क्लाइन्टलाई पनि सोहि कम्पनीमा शिफ्ट गराउँने गरेको बताए । यसले पनि सरेण्डर बढेको उनी बताउछन्। यसका साथै अण्डरराईटरले बीमा गर्ने व्यक्तिको आम्दानी, प्रिमियम तिर्न सक्ने क्षमता, लगायत कुरामा ध्यान नदिँदा सरेण्डर बढ्ने गरेको उनको भनाई छ । 

अण्डराईटिङमा पनि समस्या छ : प्राधिकरण

यता नियामक निकाय नेपाल बीमा प्राधिकरणले पनि पाण्डेको धारणाको मिल्दो जुल्दो जवाफ दिएको छ । प्राधिकरणका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक राजुरमण पौडेल पनि देशको पछिल्लो आर्थिक अवस्थाका कारण सरेण्डर बढेको बताउछन् । उनले आर्थिक अवस्थाले मानिसहरुमा चल्ने पैसाको अभाव हुँदा बीमा गराएको पैसा झिकेर खर्च गर्ने गरेकाले सरेण्डर बढेको बताए । त्यसैगरी उनले अण्डराईटिङ गर्दा बीमितले प्रिमियम तिर्न सक्ने अवस्था छ कि छैन भनेर हेक्का नगरी अण्डरराईटिङ गरिदिन सरेण्डर बढेको उनले बताए ।

२ वर्षमा सरेण्डर गर्न पाउने प्रावधान अन्तर्गत बीमा गराएकाहरुले नै अहिले सरेण्डर गरेको उनले दाबी गरे । प्राधिकरणले सो २ वर्षलाई बढाएर बीमा गरेको ३ वर्ष नभई सरेण्डर गर्न नपाउँने व्यवस्था गरिदिएको उनले बताए । यो ३ वर्षे प्रावधान अन्तर्गत बीमा गराएकाहरुमध्येबाट भने सरेण्डर कम भएको उनको दाबी छ । 

उनले पछिल्लो समय देशको आर्थिक अवस्था चलायमान भएको उल्लेख गर्दे अब सरेण्डरको ग्राफ ओरालो लाग्ने जिकिर गरे । उनले भने ' अब आर्थिक चलायमा हुँदै गएको छ । त्यसैले यस्तो सरेण्डर अब कम हुन्छ ।’

कम्पनी अनुसार बीमात्यागको संख्या

समीक्षा अवधिमा सबैभन्दा धेरै नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीमा बीमा गराएका बीमितले बीमा पोलिसि त्याग गरेका छन् । यस कम्पनीबाट यो अवधिमा १५ हजार ४७ जनाले २ अर्ब ३४ करोड ६० लाख रुपैयाँ बराबरको पोलिसि त्याग गरेका छन् । त्यसोत जुन कम्पनीले बढी बीमा गराएको छ, तुलनात्मक रुपमा उसको नै बढी सरेण्डर हुनु स्वभाविक नै हुने जानकारहरु बताउछन् ।

त्यसैगरी लाईफ इन्स्योरेन्स कर्पोरेशनका १० हजार १२४ जना बीमितले १ अर्ब ३९ करोड ९० लाख रुपैयाँको पोलिसि सरेण्डर गरेका छन् । यसैगरी, राष्ट्रिय जीवन बीमा कम्पनीका ६ हजार ६०८ जना बीमितले ५८ करोड ८६ लाख र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका ३ हजार ३७ जना बीमितले ४३ करोड २३ लाख रुपैयाँ बढीको बीमा सरेण्डर गरेका छन् । 

 कुनको कति सरेण्डर ?


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved