
नेपाल माईक्रो ईन्स्योरेन्स कम्पनीले बुटवलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले आज माघ १९ गतेदेखि उक्त शाखा सञ्चालनमा ल्याएको हो ।
उक्त शाखाको उद्घाटन कम्पनीको प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमालले गरेका हुन् । कार्यक्रममा कम्पनीका डेपुटी सीईओ अनिल राज गिरी, कम्पनीको लुम्बिनी प्रदेश प्रमुख प्रयाश श्रेष्ठ, बुटवल ब्रान्च म्यानेजर र अन्य कर्मचारीहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।
बुटवलमा कम्पनीको यो दोस्रो तथा देशभर १६ औँ शाखा हो ।
नेपाल माईक्रो नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसायकालागि लाईसेन्स पाएको बीमक कम्पनी हो ।