नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा छुट दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2024 | 10:52:09 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पूनजार्गरण (नविकरण) गर्दा बिलम्ब शुल्क छुट दिने घोषणा गरेको छ । कम्पनीले माघ २१ गतेदेखि आगामी चैत ६ गतेसम्म नविकरण गरी सुचारु गरेमा बीमालेख नविकरण शुल्कमा लाग्ने शुल्क छुट प्रदान गरिने जनाएको छ ।

कम्पनीका अनुसार १८० दिनभन्दा माथि ३ वर्षसम्म व्यतित भएका बीमालेखहरुमा ३० प्रतिशत, ३ वर्षभन्दामाथि ५ वर्षसम्म अवधिका लागि २५ प्रतिशत र ५ वर्षभन्दा माथि व्यतित भएका बीमालेखहरुमा २० प्रतिशत छुट हुनेछ ।  

यस योजनामा समावेश भएका बीमालेखहरु नविकरणको मितिदेखि १ वर्षभित्र सरेण्डर भएमा प्रदान गरिएको विलम्ब छुटको रकम कट्टा गरिने कम्पनीले स्पष्ट पारेको छ। यस्तो छुट बीमा एकपटक लिइसकेका बीमितलाई बीमा आवधिभर पुनः प्रदान नगरिने कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved