ट्रष्ट माइक्रो इन्स्योरेन्सका अध्यक्ष पोखरेलले लिए सपथ, हप्तादिनमै औपचारिक कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2024 | 03:40:30 PM मा प्रकाशित

laxmi  sunrise bank

ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीका संचालक समितिका अध्यक्ष जगत बहादुर पोखरेलले सपथ ग्रहण गरेका छन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

अध्यक्ष सिलवालले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा ट्रष्ट माइक्रो इन्स्योरेन्सका अध्यक्ष पोखरेललाई शपथ गराएका हुन्।

पोखरेल लघुवित्त वित्तीय संस्थाका संचालकहरुको छाता संगठन 'माइक्रोफाइनान्स एशोसियसन अफ नेपाल' र भिजन लुम्बिनी लिमिटेडका अध्यक्ष समेत हुन्। साथै, उनि भिजन लुम्बिनी उर्जा कम्पनीमा कार्यकारी अध्यक्ष छन्।

बीमा प्राधिकरणबाट जीवन तथा निर्जीवन लघु बीमाको लाइसेन्स पाएका अन्य कम्पनीहरु वर्षदिन अगाडी नै संचालनमा आएपनि पुँजी संकलन लगायतका कारणले ट्रस्ट माइक्रो इन्स्योरेन्स संचालनमा आउँन सकेको थिएन। 

ट्रष्ट माइक्रोले आफ्नो बुटवल स्थित केन्द्रिय कार्यालयबाट छिट्टै कारोबार सुरु गर्ने तयारीमा रहेको संस्थाका अध्यक्ष पोखरेलले बिजपाटीलाई जानकारी गराए। उनकाअनुसार अबको हप्ता दिनमा कारोबार सुरु हुनेछ। 

संस्थाको बीमा पोलिसी बुटवल स्थित केन्द्रिय कार्यालयबाट जारी गरे लगत्तै ट्रष्ट माइक्रो औपचारिक रुपमा संचालनमा आउने संस्थाका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुंगानाले बताए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved