नेपालका दुई पुनर्बीमा कम्पनीले यसरी पुर्याउन सक्छन् २० अर्ब चुक्तापूँजी (विश्लेषण)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2024 | 11:02:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुलाई २० अर्ब पुँजी पुर्याउने गरि पुँजी वृद्धि योजना पेश गर्न निर्देशन दिएसंगै कम्पनीहरु छलफलमा जुटेका छन् । गत बुधबार बसेको बीमा प्राधिकरण को संचालक समितिको बैठकले एक वर्ष भित्र पुनर्बीमा कम्पनीको पुँजी २० अर्ब पुर्याउने निर्णय गरेको हो ।

त्यसको लागि प्राधिकरणले पुँजी वृद्धि योजना पेश गर्न १५ दिनको समय दिएको छ ।यस संगै कम्पनीहरु पुँजीवृद्धि योजनाको छलफलमा जुटेका हुन् ।

हाल नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स गरि २ वटा पुनर्बीमा कम्पनी छन् । नेपाल पुनर्बीमा कम्पनी सरकारी लगानीको कम्पनी हो भने हिमालयन रिइन्स्योरेन्स निजी लगानीको कम्पनी हो ।

हाल नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड छ। कम्पनीलाई २० अर्ब पुँजी पुर्याउन थप ७ अर्ब १९ करोड पुँजी आवश्यक पर्छ। कम्पनीले आर्थिक वर्ष २७९/८० को मुनाफाबाट लाभांश वितरण गर्न बाँकि छ। कम्पनीले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट करिब ५ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछ। ५ प्रतिशत बोनस शेयर प्रदान गरेमा कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४५ करोड पुग्नेछ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा पनि ५ प्रतिशत नै लाभांश वितरण गरेमा कम्पनीको चुक्ता पुँजी १४ अर्ब १२ करोड पुग्ने छ। आर्थिक वर्ष ८०/८१ को मुनाफाबाट लाभांश दिएपछि अपुग रकमको पुँजी कम्पनीले हकप्रद र एफपीओबाट जुटाउन सक्ने सम्भावना छ । कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत शेयर लगानी भएकोले सरकारले सो बराबरको थप रकम हाल्ने भएमा मात्र हकप्रद आउँन सक्छ । यदि स्रोतको अभाव देखाएर सरकारले थप रकम नहाल्ने निर्णय गरेमा कम्पनीले एफपीओ निष्काशन गर्न सक्ने देखिन्छ । यसो भएमा कम्पनीमा नेपाल सरकारको स्वामित्व घटेर सर्वसाधारण शेयरधनीको स्वामित्व बढ्ने छ । कम्पनीसँग प्रिमियममा एफपीओ निकाल्ने विकल्प पनि रहन्छ । 

निजी लगानी हिमालयन रिइन्स्योरेन्सले भने हालै मात्र आईपीओ निष्काशन गरेको हो । प्रिमियममा आईपीओ निष्काशन गरेको हिमालयन रिको हाल पुँजी १० अर्ब रहेको छ। कम्पनीलाई २० अर्ब पुँजी पुर्याउन अर्को १० अर्ब आवश्यक पर्छ । कम्पनीले पनि आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव गर्न बाँकि छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक नगरेकोले उसको लाभांश क्षमता अनुमान गर्न कठिन छ। कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गरेकोले कम्पनीसँग प्रिमियम वापत ३ अर्ब १८ करोड रुपैयाँ रहेको छ। 

तर प्रिमियमको आईपीओको विषयमा मुद्दा चलिरहेकोले हाल बीमा प्राधिकरणले प्रिमियम वापतको रकम कतै पनि खर्च नगर्न निर्देशन दिएको छ । यसो हुँदा सो रकमले कम्पनीले लाभांश दिन सक्दैन। आर्थिक वर्ष ७८/७९ मा कम्पनीले १० प्रतिशत लाभांश दिएमा कम्पनीको पुंजी ११ अर्ब पुग्ने छ। प्रिमियमको मुद्दा टुंगो लागेर प्रिमियमको रकमले लाभांश दिन पाएमा प्रिमियम कै रकमले नै कम्पनीको पुंजी १४ अर्ब पुग्ने छ। त्यसपछि हिमालयन रिसँग पनि अपुग पुंजीको लागि हकप्रद वा प्रिमियममा एफपीओ ल्याउने विकल्प छ। यद्यपि कम्पनीले विदेशी साझेदार ल्याएर पनि पुँजी बढाउन सक्ने बताइन्छ ।  

यो वर्तमान अवस्थालाई आधार मानेर गरिएको सम्भावित अनुमान मात्र हो । कम्पनीको पुँजी वृद्धि योजना कम्पनीको संचालक समितिले निर्णय गरे बमोजिम र बीमा प्राधिकरणले स्वीकृति दिए बमोजिम हुने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved