एशियन लाईफले ल्यायो 'सुनौलो बाल भविष्य योजना', यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2024 | 12:34:43 PM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाईफ ईन्स्योरेन्सले  'सुनौलो बाल भविष्य योजना' ल्याएको छ । कम्पनीले बालबालिकाको लागि ल्याएको यस योजनामा विभिन्न छुटको पनि व्यवस्था गरेको छ । 

कम्पनीका अनुसार उक्त बीमा पोलिसि कम्तिमा ५ वर्षकालागि खरिद गर्नुपर्ने छ भने अधिकतम २५ वर्षसम्मको लागि उक्त पोलिसि खरिद गर्न सकिन्छ। 

  बच्चा १८ वर्ष नभएसम्म उक्त पोलिसि समाप्त नहुने र  बच्चा २५ वर्षको भएपछि वा सो भन्दा माथिको उमेरसम्म उक्त पोलिसि नरहने कम्पनीले स्पष्ट पारेको छ ।  कम्पनीले प्रस्तावक अर्थात बीमित बच्चाको अभिभावकको अधिकतम बीमा समाप्ती उमेर ७० वर्ष तोकेको छ । ५० हजार रुपैयाँ बीमाकं रकमदेखि उक्त पोलिसि खरिद गर्न सकिन्छ । अधिकतम जति धेरै रकमको पनि पोलिसि खरिद गर्न सकिने कम्पनीले जनाएको छ । तर, कम्पनीले प्रस्तावकको आर्थिक अवस्थाको आधारमा अधिकतम मूल्य तय गर्ने जनाएको छ । उक्त पोलिसिमा त्रैमासिक, अर्धवार्षिक  र वार्षिकरुपमा बीमाशुल्क भुक्तानी गर्न सकिने छ । 

बीमा प्रारम्भ भएको मितिले २ वर्ष वा बीमित बालबालिकाको उमेर ६ वर्ष पुरा भएपछि जोखिम प्रारम्भ हुने कम्पनीले उल्लेख गरेको छ । यदि कुनै बच्चा २ वर्षको हुँदा उसको बीमा गरियो भने सो बच्चा ६ वर्षको भएपछि मात्र जोखिम प्रारम्भ हुन्छ । त्यसैगरी, कुनै बच्चा ६ वर्षको हुँदा बीमा गरियो भने सो बच्चा ८ वर्षको भएपछि मात्र जोखिम प्रारम्भ हुन्छ । तर, बच्चा ९ वर्षदेखि १२ वर्षको उमेर भएको अवस्थामा बीमा गर्दा बीमा गरेको १ वर्षपछि जोखिम प्रारम्भ हुन्छ । त्यसैगरी बच्चा १२ वर्षभन्दा माथिको भएको अवस्थामा पोलिसि खरिद गरेको समय देखिनै जोखिम प्रारम्भ हुन्छ । 

कम्पनीका अनुसार उक्त बीमालेख १० लाख भन्दा बढी बीमाङ्क रकमको गरिएको अवस्थामा ०.७५ प्रति हजार रुपैयाँ प्रिमियम छुट हुनेछ । त्यसैगरी, ६ लाख १ हजार देखि ९ लाख ९९ हजार रुपैयाँ बीमाङ्क रकमको पोलिसि खरिद गर्दा प्रतिहजार ०.५ रुपैयाँ छुट को व्यवस्था रहेको कम्पनीले जनाएको छ । 

रकम भुक्तानी दिइने अवस्थाः

१) बीमा समाप्त मितिसम्म बीमित बालबालिका जिवित रहेमास् बीमाङ्क रकम र नियमानुसारको बोनस एकमुष्ट भुक्तानी दिइनेछ ।

२) जोखिम प्रारम्भ हुनु अगावै बीमित बालबालिकाको मृत्यु भएमाः बीमकले प्राप्त गरेको अतिरिक्त बीमाशुल्क बाहेक सम्पूर्ण बीमाशुल्क फिर्ता दिईनेछ । जोखिम प्रारम्भ भएपछि बीमा अवधि भित्र बीमित बालबालिकाको मृत्यु भएम बीमाङ्क रकमको २५ प्रतिशत वा भुक्तानी भएको बीमाशुल्क (अतिरिक्त बीमाशुल्क बाहेक) मध्ये जुन रकम बढी हुन्छ सो रकम भुक्तानी कम्पनीले गर्नेछ र बीमालेख स्वतः अन्त्य हुनेछ ।

३) बीमा अवधि भित्र प्रस्तावकको मृत्यु भएमा ः

क) बीमाङ्क रकम बच्चलाई भुक्तानी हुनेछ । 

ख) बीमाङ्कीय अवधिको बीमाशुल्क मिनाहा हुनेछ । 

ग) बीमित बालबालिकाको उमेर १८ बर्ष नलागे सम्म बीमाङ्कको १ प्रतिशत रकम मासिक आय सुविधा वापत प्रदान गरिनेछ ।


४) बीमा अवधि भित्र बीमित बालबालिका तथा प्रस्तावकको एकै साथ मृत्यु भएमा

क) प्रस्तावकको मृत्यु वापत बीमाङ्क रकम र आर्जित बोनस नजिकको हकदारलाई भुक्तानी हुनेछ ।

ख) बीमित बालबालिकाको मृत्यु वापत बीमाड्ढ रकमको २५ प्रतिशत रकम भुक्तानी हुनेछ ।

५) बीमा अवधि भित्र प्रस्तावकको मृत्यु भएपश्चात बीमित बालबालिकाको समेत मृत्यु भएमा बीमाङ्क रकमको ५ प्रतिशत र आर्जित बोनस वा भुक्तानी भएको बीमाशुल्क (अतिरिक्त बीमाशुल्क बाहेक) मध्ये जुन रकम बढी हुन्छ सो रकम भुक्तानी नजिकको हकदारलाई हुनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ ।

बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु ः

यदी बीमितको मृत्यु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निम्न लिखित जुन सुकै कारणबाट भएपनि बीमालेख अन्तर्गत तिरिने रकम अनुसूचीमा उल्लेख गरेको बीमाड्ढ बमोजिम नभई बीमालेखको कुनै चुक्ता मूल्य रहेछ भने सो मात्र भुक्तानी हुनेछ ।

क) प्रचलित कानून बमोजिम अनुमति प्राप्त हवाई सेवाद्वारा संचालित नियमित मार्गमा यात्रु भई उडान गर्दा बाहेक अन्य उडान गर्दा ।

ख) कानूनको बर्खिलाप हुने गरी कुनै युद्ध जस्ता कार्य (युद्ध घोषित होस् या नहोस्) मा संलग्न भएमा ।

ग) नागरिक वा जंगी ऐन भंग गरेमा ।

घ) मगज बिग्रेको होस् या नहोस्, बीमा प्रारम्भ मिति÷व्यतित बीमालेख पूनर्जागरण गरेको मितिले दुई वर्ष भित्र वा बीमालेख व्यतित भएको अवस्थामा आत्महत्या गरेमा ।

उपरोक्त जोखिमहरु बाहेक यस बीमालेखले विदेशमा प्रवास यात्रा वा पेशा गर्न कुनै बाधा पु¥याउने छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved