वित्तीय तथा बीमा क्षेत्रको वृद्धिदर ७.८० प्रतिशत हुने अनुमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2024 | 06:13:53 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षमा वित्तीय तथा बीमा क्षेत्रको कुल मूल्य वृद्धिदर ७.८० प्रतिशत हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा अनुसार वित्तीय तथा बीमा क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ७.८० प्रतिशत हुनेछ । 

बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धि, बैंक र वित्तिय संस्थाको सेवा शुल्कको आम्दानीमा भएको बृद्धिसँगै यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा बढोत्तरी हुने अनुमान गरिएको तथ्यांक कार्यलयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर ७.२७ प्रतिशत रहने संशोधित अनुमान गरिएको थियो । आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ६.९१ प्रतिशत कायम थियो।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved