राष्ट्रिय बीमा कम्पनीको सीइओको लागि दरखास्त आह्वान, के के चाहिन्छ योग्यता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2024 | 09:13:40 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदपूर्ति समितिले आज माघ २४ गते सूचना जारी गर्दै सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र आवेदन दिन भनेको हो ।

के चाहिन्छ योग्यता ?

१. बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्क शास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा पाँच (५) वर्ष वा आर्थिक, बैंक वा वित्तीय क्षेत्रमा भए आठ (८) वर्ष तथा दुवै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभव सहित कम्तीमा सात (७) वर्षको अनुभव भएको,

वा

 चार्टर्ड एकाउन्टेन्सी गरेको वा बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्क शास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा स्नातक वा सो सरहको उपाधि हासिल गरी कम्तीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा दस (१०) वर्ष, बैंक वा वित्तीय क्षेत्रमा भए पन्ध्र (१५) वर्ष तथा दुवै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभव सहित कम्तीमा बाह्र (१२) वर्षको अनुभव भएको ।

 “व्यवस्थापक तह” भन्नाले नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा भएका सङ्गठित संस्था वा कम्पनी ऐन अनुसार गठित संस्थाका अधिकृत द्वितीय (कम्तीमा तह ९) वा सो सरह वा सोभन्दा माथिको पदलाई सम्झनुपर्दछ र “उपाधि” भन्नाले नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट प्राप्त उपाधिलाई सम्झनु पर्ने कम्पनीले जनाएको छ । 

आवेदन दिने अन्तिम मितिसम्म ६५ वर्ष ननाघेकाले आवेदन दिन सक्ने छन्  । दरखास्त साथ कम्पनीको Website: www.rbcl.gov.np मा प्रकाशित प्रमुख कार्यकारी अधिकृत पदको पदपूर्ति सम्बन्धी कार्यविधि, २०५० को दफा ५ बमोजिमको कागजात तथा विवरण र सोही दफाको उपदफा (५) अनुसारको स्वयं घोषणाको व्यहोरा निवेदक स्वयंले प्रमाणित गरी पेस गर्नुपर्नेछ ।

दरखास्त पेस गर्दा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण र २ प्रति पासपोर्ट साइजको फोटो तथा उपरोक्त कार्यविधिको दफा ९ बमोजिमको व्यावसायिक कार्ययोजना (पाँच हजार शब्दमा नबढ्ने गरी) चार प्रति खामबन्दी गरी कम्पनीको कम्पनी सचिव समक्ष पेस गर्नुपर्नेछ । साथै, सोको सफ्टकपी (Soft Copy) समेत पेस गर्नुपर्नेछ । खामबन्दी प्रस्तावको खाम बाहिर “राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन तथा व्यावसायिक कार्ययोजना" उल्लेख गरेको हुनुपर्नेछ । बहालवाला कर्मचारीले आवेदन दिन चाहेमा सेवारत निकायबाट विभागीय स्वीकृति प्रदान गरिएको पत्र संलग्न गर्नुपर्नेछ। 

छनोटसूची (Short List) मा परेका उम्मेदवारले आफूले पेस गरेको व्यावसायिक कार्ययोजना तोकिएको मिति र समयमा प्रस्तुतीकरण गर्नुपर्ने कम्पनीले जनाएको छ ।

यस अघि : राष्ट्रिय बीमा कम्पनीको सीईओ नियुक्तिको लागि आवेदन खुलाउने तयारी

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved