एलआइसीको चाबहिल शाखाले दियो २० लाख दाबी भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2024 | 09:43:10 AM मा प्रकाशित

laxmi  sunrise bank

एलआइसी नेपालले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले फागुन १८ गते शुक्रबार काठमाडौँ जिल्ला बुढानिलकण्ठ नगरपालिका कपन निवासी स्व. ङिमा रिन्जी शेर्पाको परिवारलाई जीवन बीमा वाफतको २२ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेहो को ।

स्व. शेर्पाका भतिज दावा शेर्पालाई उक्त मृत्यु दावी वाफतको रकम कम्पनीका चाबहिल शाखाका शाखा प्रमुख नरेन्द्र बिष्ट र अभिकर्ता डोमा शेर्पाको संयुक्त उपस्थितिमा हस्तान्तरण गरिएको हो । स्व. बीमित शेर्पाको केही महिना अघि उपचारको क्रममा निधन भएको थियो । 

उनले दुई वर्ष पहिले अभिकर्ता डोमा शेर्पा मार्फत २० लाख रुपैयाँको जीवन बीमा गराएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved