विवादका बीच गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2024 | 06:54:20 PM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिँदा विवाद भएको छ। गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धितालले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेपछि विवाद बढेको हो।

 मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभामा विश्वासको मत लिएका थिए । जसमा उनको पक्षमा ३० मत परेको थियो।  एमालेका २२, माओवादीका ७ र दीपक मनाङे गरी ३० जनाले उनको समर्थनमा मत दिएका थिए। कांग्रेसका  ,  २७ सांसदले विपक्षमा मतदान गरे भने राप्रपाका २ जना तटस्थ बसेका थिए ।

आवश्यक अवस्थामा आफूलाइ पनि मत हाल्न पाउने अधिकार रहेको बताउँदै सभामुख धितालले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका हुन्।मुख्यमन्त्रीले  विश्वासको मत प्राप्त गरेको घोषणा गरेपछि नेपाली कांग्रेसले बैठक मै नाराबाजी गरेको थियो।

 ६० सदस्यीय गण्डकी प्रदेश सभामा विश्वासको मत पाउनको लागि ३१ सांसद हुनु पर्ने भन्दै कांग्रेसले सभामुख र मुख्यमन्त्री विरुद्द सर्वोच्च जाने तयारी गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved