आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट बुलेट राइडरको दुर्घटना बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2024 | 06:32:02 PM मा प्रकाशित

laxmi  sunrise bank

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले काठमाडौँ–रामेछाप रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल राइडका यात्रीहरुको दुर्घटना बीमा गरेको छ । नयाँ वर्षको अवसर पारेर पर्यटन प्रवद्र्धनका लागि नेपाल बुलेट हाउसको आयोजनामा बुलेट राइडमार्फत रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा रहेको ताँवे डाँडा हिडेका राइडरहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको मन्थली शाखाले बीमालेख हस्तान्तरण गरेको हो । 

कम्पनीका मन्थली शाखा प्रमुख बिपिन भट्टराईका अनुसार कम्पनीले व्यक्तिगत दुर्घटना बीमालेख जारी गरेको हो । बीमाको प्रिमीयम बापतको रकम नेपाल बुलेट हाउसका अध्यक्ष रमेश कार्कीले भूक्तानी दिएका छन् । मन्थलीमा राइडरहरुलाई रामेछाप काठमाडौँ सिर्जनशील समाजले गरेको स्वागतकै क्रममा राइडरहरुलाई हात हातमा १ लाख बराबरको दुर्घटना बीमालेख हस्तान्तरण गरिएको भट्टराईले जानकारी दिए । उनका अनुसार यो बीमालेखको अवधि १ वर्षको हुनेछ ।

यस्तो प्रकारको बीमा पहिलोपटक सुरुवात गरेको रमेश कार्कीले बताएका छन् ।

रोयल इनफिल्ड बाइकका राइडरहरुले नेपाल बुलेट हाउसको अगुवाइमा काठमाडौँदेखि ताँवे डाँडा, दोलखाको जिरी हुँदै काठमाडौं फर्कने रुट तय गरेका छन् । नेपाल बुलेट हाउसका अध्यक्ष रमेश कार्कीले नेपालका उदीयमान पर्यटकीय गन्तव्यको प्रचार गर्न टु ह्विलर यात्रा सुरु गरिएको बताएका छन् । 

यात्रामा ‘आन्तरिक पर्यटन प्रवर्द्धन गरौं’ राइड फर नेसन भन्ने नाराका साथ २२ वटा रोयल इन्फिल्ड मोटरसाइकलमा २७ जनाको सहभागि छन् । आज चैत्र ३० गते काठमाडौँबाट निस्केको राइडरहरुको टोलीले २०८१ वैशाख १ गते रामेछाप जिल्लाको गोकुलगंगा र उमाकुण्ड गाउँपालिका स्थित चर्चित ताँवे डाँडामा विशेष कार्यक्रमका साथ वन भोजको आयोजना गर्नेछ ।

उनीहरु दोलखाको जिरीमा जारी जिरी महोत्सवमा सामेल भइ बैशाख २ गते काठमाडौँ फर्कने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved