फोर्स गुर्खा जीपको बुकिङ खुला, कति छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2022 | 09:12:47 AM मा प्रकाशित

laxmi  sunrise bank

मानिसहरुको चासो र पर्खाईमा रहेको फोर्स गुर्खा जीपको मुल्य सार्वजनिक गरी बुकिङ्ग खुल्ला गरिएको छ । भारतको बजारमा अत्याधिक रुचाईएको फोर्स गुर्खा लामो पर्खाईपछि नेपाली बजारमा उपलब्ध भएको छ । 

फोर्स मोटर्सको आयतकर्ता हिमालय अर्गनाइजेशन अन्र्तगत आयाम इन्टरकन्टिनेन्टल प्रा.ली ले फोर्स गुर्खा आयात तथा विक्री गर्दछ । विशेषतः अफरोड र एड्भेन्चर ट्राभल मन पराउने ग्राहकको लागि लक्षित गरी बनेको फोर्स गुर्खामा विश्व प्रशिद्ध मर्सिडिज बेन्जको २.६ लिटर ईन्जिन, गेयरवक्स र एक्सल जडान गरिएको छ ।

फोर्स गुर्खामा पावरफुल फोर ह्विल ड्राईभ, म्यानुवल डिफ्रेन्सियल लक (अगाडी र पछाडी दुबै एक्सलमा ), ३५ डिग्री ग्रेडिएविलिटी र उच्च ग्राउन्ड क्लियरेन्स भएकोले जस्तो सुकै बाटोमा पनि उपयुक्त रहेको छ । 

साथै वल्की डिजाईन र वोल्ड लुक्स भएको फोर्स गुर्खामा आकर्षक एल ई डि हेडल्यम्प विथ डि आर यल, टिल्ट एण्ड टेलिस्कोपिक स्टेरिङ्ग, एडभान्स ईन्फोटेन्मेन्ट सिस्टम लक्जरियस पाईलट सिट, कोयल स्पिङ्ग सस्पेन्शन जस्ता आकर्शक फिचर रहेका छन् ।

फोर्स गुर्खामा स्नोरकल भएकोले ७०० एम् एम् पानी भएको ठाउँमा पनि सहज रुपमा चलाउन सकिन्छ । यस जीपमा सुरक्षालाई मध्यनजर गर्दै एयर व्याग, ए.वि.एस्. ई.डि.वि. व्रेक र रिभर्स पार्किङ्ग सेन्सर जस्ता फिचर्स रहेका छन् । थ्री डोर डिजाईन र ४ सिट क्षमता भएको यस जिपमा सहज ईन्ट्री र एक्जिट, पर्याप्त वुट  स्पेस र ग्याङ्गवे रहेको छ । यसमा ठुलो सिङ्गल विईन्डो रहेकोले आकर्शक दृश्यको अवलोकन गर्न सकिन्छ । 

यस जीपको सुरुवाती मुल्य ७८ लाख ९९ हजार कायम गरिएको छ । साथै यो मुल्य केही समयको लागि मात्र लागु हुने समेत कम्पनीले जानकारी गराएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved