गोगोरोको नयाँ स्कुटर बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2024 | 08:49:12 PM मा प्रकाशित

laxmi  sunrise bank

गोगोरो आइएनसी र नेबुला इनर्जीले गोगोरो ब्याट्री स्वापिङ र गोगोरो क्रसओभर GX250 स्मार्ट स्कूटर सार्वजनिक गरेका छन्। पहिलो ब्याट्री स्वापिङ स्टेशन रहेको काठमाडौंको लाजिम्पाटस्थित आनन्द भवनमा आयोजित विशेष सञ्चार कार्यक्रममा उक्त घोषणा गरिएको हो।

नेबुला इनर्जी प्रा.लि. नेपालमा गोगोरो आइएनसीको आधिकारिक र विशेष साझेदार हो। कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र गोगोरोका कार्यकारी यांग चेनले पहिलो गोगोरो ब्याट्री स्वापिङ सेवाको सुरुवात र अल्टिमेट दुईपांग्रे एसयुभी CrossOver Smartscooter GX250 को संयुक्त रुपमा अन्वारण गरेका थिए।

कार्यक्रममा बोल्दै अध्यक्ष मनोज गोयलले गोगोरोको नविन प्रविधि र दिगो गतिशिलता मार्फत् नेपालको शुन्य उत्सर्जन लक्ष्यप्रतिको आफ्नो संकल्प र दृष्टिकोण प्रस्तुत गरे ।

“नेपालको दुई पाङ्ग्रे यातायात उद्योगको विद्युतीय रूपान्तरणलाई गति दिनका लागि समान दृष्टिकोण भएको नेबुला इनर्जीसँग साझेदारी गर्न पाउँदा हामीलाई गर्व छ। नेपाल स्वच्छ ऊर्जा उत्पादन र उपयोगमा अग्रपंक्तिमा छ र दुई र चार पाङ्ग्रे सवारी साधनहरू अपनाउने कार्यलाई सक्रिय रूपमा प्रवर्द्धन गरिरहेको छ। यसमा हाम्रो साझेदारीले महत्त्वपूर्ण प्रभाव पार्ने निश्चित छ”, गोगोरोका प्रतिनिधिले भने।“गोगोरो र नेबुला इनर्जीले एकसाथ नेपालको दुई पाङ्ग्रे यातायात उद्योगको विद्युतीय रूपान्तरणलाई गति दिनको लागि समान दृष्टिकोण राख्छन्। गोगोरो स्मार्ट ब्याट्रीहरूमा केहि सेकेन्डमै ‘स्वाप एण्ड गो’को सुविधाजनक एक्सेस प्रदान गर्न गोगोरो ब्याट्री स्वापिङ अप्टिमाइज गरिएको छ। गोगोरोको नयाँ CrossOver Smartscooter GX250 नेपालका राइडरहरूका लागि फराकिलो सिट र स्टोरेज स्पेस तथा राम्रो ग्राउन्ड क्लियरेन्सका साथ अप्टिमाइज गरिएको छ।"

नेबुला इनर्जीले सुरुमा रणनीतिक B2B साझेदारहरूलाई ब्याट्री स्वापिङ सेवाहरू प्रदान गर्ने र त्यसपछि हरेक २-३ किलोमिटरमा एउटा स्टेशन उपलब्ध हुनेगरी काठमाडौं उपत्यका वरपर GoStations स्थापना गर्ने योजना रहेको कम्पनीले जनाएको छ। नेबुला इनर्जीले यसै वर्ष रिटेल र कर्पोरेट ग्राहकहरूका लागि गोगोरो स्मार्ट स्कुटरका नयाँ मोडेलहरू पनि उपलब्ध गराउने जनाएको छ।

कम्पनीका अनुसार स्कुटरहरू दशैं देखि रिटेल ग्राहकका लागि बिक्रीका लागि उपलब्ध हुनेछन्।  नेबुला इनर्जीले नेपालमा पेट्रोल पम्पको संख्याभन्दा धेरै गोगोरो गो स्टेशनहरू स्थापना गर्ने योजना बनाएको जनाएको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved