अग्नि ग्रुपद्वारा ट्रियो इलेक्ट्रिक अटोे मलंगवामा पनि सार्वजनिक, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2022 | 03:04:15 PM मा प्रकाशित

laxmi  sunrise bank

महिन्द्रा समूहको महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ट्रियो इलेक्ट्रिक अटो मलंगवा सर्लाहीमा सार्वजनिक गरेको छ ।

मलंगवाका मेयर निप्सल शाह, उपमेयर सबनम भिकरानी लगायतको उपस्थितीमा अटो सार्वजनिक गरिएको हो । मलंगवा –३, सर्लाहीका लागि बिक्रेता वैष्णवी ट्रेडर्सका प्रबन्ध निर्देशक विरेन्द्र प्रसाद शाहले यो सो क्षेत्रमा यो अटो बिक्रि गर्नेछन् ।

महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ ।

दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । 

महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक २ लाख (पेट्रोल अटोको तुलनामा) बचत गर्नसक्ने छन् ।

महिन्द्रा ट्रियो १० हजार बढी सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो र सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटर भन्दा बढी दूरी तय गरिसकेकोे छ ।

अग्नि इनर्जीको जनकपुरधाम–२३, धनुषा का लागि बिक्रेता साइन ए अटो मोबाईलका प्रबन्ध निर्देशक आलोक शाहका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन् । 

उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरूका साथ, ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्नेछ ।

महिन्द्रा ट्रियोका प्रमुख विशेषताहरूः

१. पेट्रोल थ्री व्हीलरको तुलनामा बढी बचत गर्ने

– इन्धनको बढ्दो भाउबाट अलग्गै रहने–वार्षिक रु २,००,००० (बचत– पेट्रोल थ्री व्हीलरका तुलनामा)

– पेट्रोल अटोसँग तुलना गर्दा प्रतिकिमी रु ०.८ भन्दा कमको सञ्चालन लागत

– दैनिक ‘इन्धन÷ऊर्जा’ मा खर्च हुने  रकम रू १०० भन्दा कम – फूल चार्ज आठ युनिट, प्रति युनिट रू १२ र १२० किमी गुड्ने

२. उत्कृष्ठ पर्फेमेन्स

– उद्योगकै सर्वश्रेष्ठ (बेस्ट इन इन्डस्ट्री) ८ किलोवाटको ऊर्जा शक्ति र ४२ एनएमको टर्क

– बूस्ट मोडः आफ्नो ड्राइभिङ अनुभवलाई बढाउँदै प्रतिघण्टा ५५ किलोमिटर (केएमपीएच) सम्मको स्पिड र सो गति चाँडै प्राप्त गर्न सकिने ।

–प्राविधिक रूपमा उन्नत आइपी६७– रेटिङको मोटरले धूलो र वर्षाविरुद्ध सुरक्षा प्रदान गर्छ ।

– प्रतिचार्जमा १३० किमीसम्मको प्रयोगयोग्य ड्राइभिङ दायरा – एक दिनमा बहु–यात्रा = थप आय

३. उन्नत लिथियम आयोन ब्याट्री

– मर्मत–सम्भारमुक्त, १,५०,०००+ किलोमिटर ब्याट्रीको आयु

– ट्रियो अटो चार्ज गर्न तपाईंकोे मोबाइल चार्ज गर्नु जत्तिकै सजिलो छ । घरैमा १५ एम्पियर सकेटमा जोडेर सजिलै चार्ज गर्न सकिन्छ ।

४. थकानमुक्त ड्राइभिङ अनुभव

– ट्रिओ प्रत्यक्ष–ड्राइव प्रसारण प्रणालीयुक्त (डाइरेक्ट ड्राइभ ट्रान्समिन युक्त) छ ।  गियर बद्लिनु पर्ने वा क्लच सञ्चालन गर्नुपर्ने हुँदैन ।

– २,०७३ मिलिमिटरको अग्लो ह्विलबेसले चालक र तीन जना यात्रुलाई आरामदायी सिटमा बस्नसक्ने फराकिलो क्याबिनलाई सक्षम बनाउँछ ।

– १२.७ डिग्रीको उच्चस्तरीय उचाइ चढ्न सक्ने क्षमता (ग्रेडिबिलिटी)ले यस्तो झुकाव लिनु ट्रिओको लागि सहज कुरा हो भन्ने सुनिश्चित गर्छ ।

५. आकर्षक डिजाइन

– यसको चित्ताकर्षक नीलो र सेतो रंगको रूपरेखाले सडकमा धेरैको ध्यानाकर्षण गर्नेछ ।

– डेन्ट–प्रतिरोधी, खियामुक्त, मोड्युलर एसएमसी प्यानलहरूले मम्र्मत र प्रतिस्थापन गर्न सजिलो प्रदान गर्दछ ।

–एग्रोनोमिकल्ली डिजाइन गरिएको सबै–डिजिटल उपकरण कन्सोलले ड्राइभिङ दायरा, ब्याट्री चार्ज आदि जस्ता महत्वपूर्ण तथ्याङ्क उपलब्ध गराउँछ ।

६. उत्कृष्ठ (इन्डस्ट्री बेस्ट) वारेन्टी नेपालमा पनि

– टिेयो इलेक्ट्रिक तीन वर्ष वा ८०,००० किमी वारेन्टीसहित आउँछ – यो हाल नेपालमा अन्य अटोहरूभन्दा धेरै हो ।

– ब्यापक डिलर नेटवर्क

६. विद्युतीय अटोमोबाइल उद्योगमै–पहिलो कनेक्टेड नेमो  मोबिलिटी प्लेटफार्म 

७. टाढाबाटै गाडीको दायरा, जिओ–फेन्स, ट्रयाक स्पिड, स्थान र अन्य धेरै कुरा निगरानी गर्न सकिने.

८. अन्य विशेषताहरू

– टेलिमेटिक्स इकाई र जीपीएस, विन्डस्क्रिन र वाइपिङ सिस्टम, स्पेयर व्हीलको व्यवस्था ।

– ड्राइभिङ मोडहरू – एफएनआर (फरवार्ड, न्यूट्रल, रिभर्स), इकोनोमी र बूस्ट मोड, लक गर्न मिल्ने ग्लोभ बक्स, १२ भोल्ट सकेट

– १५ एएमपी अफ–बोर्ड चार्जर, खतरा सूचक, रिभर्स बजर

– शक्तिशाली हेडलाइटहरू

– मजबुत सस्पेन्सनले सडकमा खाल्डाखुल्डी भएपछि सञ्चालनको क्रममा मेरुदण्डमा पार्ने असरलाई माथिसम्म प्रशारण हुन दिँदैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved