‘फोर्स गुर्खा टेष्ट ड्राईभ क्याम्पियन’ पोखरामा उत्साहजनक रुपमा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2022 | 05:32:09 PM मा प्रकाशित

laxmi  sunrise bank

फोर्स गुर्खाको टेष्ट ड्राईभ क्याम्पियन पोखरामा उत्साहजनक  सहभागिताका साथ सम्पन्न भएको छ ।

नेपालमा हिमालय अर्गनाईजेशन अन्तर्गत फोर्स मोटर्सको आधिकारीक आयातकर्ता तथा विक्रेता रहेको आयाम ईन्टरकन्टिनेन्टलले पोखरा चाउथेमा टेष्ट ड्राईभ क्याम्पियन गरेको थियो । क्याम्पियनमा उत्साहजनक रुपमा ६७ जना सहभागी भई टेष्ट ड्राईभ गरेका थिए ।

अफरोड भेईकल भएकोले टेष्ट ड्राईभ क्याम्पियनलाई अझ प्रभावकारी बनाउन कम्पनीले अफरोड ड्राईभ ट्रयाकको समेत ब्यबस्था गरेको थियो । टेष्ट ड्राईभ क्याम्पियनमा सहभागी भएकाले फोर्स गुर्खा प्रतिको आकर्शक बढिरहेको बताएका छन् । 

यस टेष्ट ड्रईभ क्याम्पियन पश्चात छिट्टै नेपालको काठमाडौँ, चितवन, झापा, ईटहरी लगायत विभिन्न शहरहरुमा टेष्ट ड्रईभ क्याम्पियन संचालन गर्ने कम्पनीले जानकारी दिएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved