ब्याट्री चेकअप क्याम्प संचालन गर्दै हुन्डाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2022 | 01:39:02 PM मा प्रकाशित

laxmi  sunrise bank

हुन्डाई नेपालले विद्युतीय गाडीको हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प संचालन गरेको छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले आफ्नो "Be (v) the Change" अभियान अन्तर्गत मङ्सिर २६ देखि पुस १ गते सम्म आफ्ना विद्युतीय सवारीका ग्राहकहरूका लागि ५ दिने हुन्डाई ईभी हाई भोल्टेज ब्याट्री चेकअप क्याम्पको घोषणा गरेको हो।

यो अभियानले कोना र आओनिक लाइन अपको ३०० भन्दा बढी ग्राहकहरूलाई फाइदा पुग्ने विश्वास कम्पनीले लिएको जनाएको छ। कम्पनीका अनुसार यो कार्यक्रम प्रशिक्षित प्राविधिकहरू र अत्याधुनिक उपकरणहरूको सहयोगले सवारी धनीहरूलाई आफ्नो सवारीको प्राविधिक अवस्थाहरू र ब्याट्रीको अवस्थाबारे जान्न मद्दत गर्ने उद्धेश्यले आयोजना गरिएको हो ।

त्यस्तै कार्यक्रममा कम्पनीले ब्याट्रीको आयु बढाउन र सवारीको पूर्व जाँच गर्न ग्राहकहरुलाई विभिन्न सुझावहरू प्रदान पनि गर्ने जनाएको छ । यी र यस्ता क्रियाकलापले हुन्डाईको विद्युतीय सवारी प्रतिको सफ्टवेयर, प्राविधिक र हार्डवेयरको पक्षबाट पनि प्रतिबद्ध रहेको देखाउँने र यो कार्यक्रम थापाथली स्थित हुन्डाईको ईभी शोरुम अगाडि साताव्यापी रुपमा चल्ने कम्पनीले उल्लेख गरेको छ ।

हुन्डाई नेपालले आफ्नो "Be (v) the Change" अभियान अन्तर्गत विद्युतीय सवारी प्रति चेतना जगाउने र दिगो भविष्यको जग तयार गर्ने उद्धेश्यले विभिन्न सामाजिक-आर्थिक र प्राविधिक अभियानहरू आयोजना गर्दै आएको छ।देशैभरी ४० भन्दा बढी चार्जिङ स्टेसनको स्थापना र १७ वटा शोरुम सहित हुन्डाईले विद्युतीय सवारी साधनमा सबैको पहुँच बढाउने प्रयास गर्दै आएको छ । साथै कम्पनीले विभिन्न वाणिज्य बैंकहरूसँग साझेदारी गरी ग्राहकहरूलाई न्यूनतम समयमा सबैभन्दा सुलभ व्याजदरमा विद्युतीय सवारी खरिद गर्न सघाउँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved