काठमाडौँमै नेक्सन ईभीले निकाल्यो ३४७ किलोमिटरको रेन्ज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2022 | 04:51:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको लागि टाटा मोटर्सको एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रा. लि. र टाटा मोटर्स् को सह–आयोजनामा “नेक्सन् इभी रेन्ज टेस्ट २०२२” कार्यक्रम काठमाडौँमा सफलतापूर्वक सम्पन्न गरिएको छ । 

नेक्सन इभी रेन्ज टेस्ट २०२२ नाम दिइएको यस अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

नेक्सन ईभीको काठमाडौं सडकमै ३४७ किमी सम्मको रेन्ज निकाल्न सफल काठमाडौँ निवासी सलिम श्रेष्ठ प्रथम भए । ३३२ किमि रेन्ज निकालेर भरत पुडासैनी र अनिश कावरा दोश्रो हुन सफल भए । 

त्यसै गरी ३२१ किमि रेन्ज निकाल्न सफल तृप्ति सिंह तथा उदिप न्यौपाने तेस्रो स्थानमा रहे । 

कार्यक्रममा सहभागीमध्ये १४ जनाले ३०० किमि रेन्ज भन्दा बढी निकालेका थिए । 

यसै कार्यक्रम मार्फत उत्कृष्ट तरिकाले इभी चलाई अधिकतम रेन्जका आधारमा विद्युतिय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीहरुलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवम् प्रशंसा पत्र प्रदान गरिएको थियो । प्रथम स्थान प्राप्त गर्न सफल सलिम श्रेष्ठले सम्मान पदक र प्रमाण पत्रका साथ ४३ ईञ्चको सामसुंग स्मार्ट एलईडि टिभी जितेका छन् ।

त्यसै गरी दोश्रो स्थानमा रहेका भएको भरत पुडासैनि र अनिश कावराले २८ लिटरको सामसुंग ओभेन जिते । 

तेश्रो स्थानमा रहने तृप्ति सिंह तथा उदिप न्यौपानेले सामसुंग भ्याकुम क्लिनर पाएका छन् । 

विद्युतिय गाडीहरूको उपयोगिता, प्रभावकारिता एवम् आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावहरुका बारेमा जनचेतना फैलाउने र विद्युतिय गाडीहरू प्रति ग्राहकवर्गको दुबिधालाई हटाइ यसबाट मिल्ने सुविधाको बारेमा विश्वस्त बनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले जानकारी गराए ।

यही पौष २ गते शनिबार, सिप्रदी ट्रेडिङ नैकापबाट उद्घाटन गरिएको कार्यक्रम कलंकी, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, पुतलीसडक, जमल, दर्बारमार्ग, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, सुकेधारा, चाबहिल हुँदै हायात रेजेन्सी होटलमा पुगेर समापन गरिएको थियो । उक्त कार्यक्रममा ३४ भन्दा बढी नेक्सन ईभीको सहभागिता रह्यो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved