बिएमडब्लुलाई पछि पार्दै बिवाईडी विश्वका १० ठूला कार कम्पनीमा समावेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2023 | 03:13:20 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वको अग्रणी न्यू इनर्जी भेहिकल निर्मात बिवाईडी बिक्रीको आधारमा विश्वका १० ठूला कार कम्पनीहरूमा सामेल भएको छ। मर्सिडीज बेन्ज समूह र बिएमडब्लुलाई पछि पार्दै बिवाईडी पहिलो पटक विश्वका १० ठूला कार कम्पनीहरूमा सामेल भएको हो ।

बिवाईडीको विश्वव्यापी नयाँ गाडीको बिक्रीमा २०२३ को पहिलो ६ महिनामा ९६% ले वृद्धि भएर १२.५ लाख पुगको र १० औ स्थान प्राप्त गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार बिवाईडीले अगस्टमा रेकर्ड २७४,३८६  सवारी साधनहरू बेचेको छ र लगातार चौथो महिनाको लागि आफ्नो मासिक डेलिभरी रेकर्ड तोडेको छ। बिवाईडीले आफ्नो पहिलो आधा वर्षको रिपोर्ट जारी गरेको छ । जसमा २६०.१२ बिलियन युआन (३५.६६  बिलियन डलर ) राजस्व देखिएको छ, जुन ७२.७२ प्रतिशतले बढेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved