डल्फिन गाडीको भिडियो खिच्दा १ लाख जित्ने अफर, नाडा अटो शोको टिकट निशुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2023 | 07:27:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा बिवाईडी गाडीको आधिकारिक विक्रेता सैमेक्स इन्कले 'डल्फिन अन द रोड' क्याम्पेन घोषणा गरेको छ। यो क्याम्पेन सेप्टेम्बर ६ देखि सेप्टेम्बर ११ सम्म चल्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार बिवाडीको डल्फिन गाडी सेप्टेम्बर १२ मा नाडा अटो शोमा लन्च हुँदैछ। अहिले सो गाडी स्टाईलिस् डिजाइनमा बेरेर काठमाडौंको सडकमा कुदीरहेको कम्पनीले जनाएको छ। सडकमा डल्फिन गाडी फेला पारेर त्यसको भिडियो बनाई  फेसबुक, इन्स्टाग्राम, वा टिकटकमा पोस्ट गरेर १ लाख नगद जित्न सकिने कम्पनीले जनाएको छ।

भिडियो फेसबुक, इन्स्टाग्राम, वा टिकटकमा शेयर गरेर  बिवाईडी नेपालको आधिकारिक पेज ट्याग गर्नु पर्ने कम्पनीले उल्लेख गरेको छ। क्याम्पेनमा #BYDDolphin र #Dolphinontheroad ह्यासट्याग प्रयोग गर्नु पर्ने पर्ने कम्पनीले जनाएको छ ।  भिडियोमा पेज ट्याग गर्नु पर्ने छ। बिवाईडीको फेसबुक, इन्स्टाग्राम, र टिकटक पेज लाइक वा फलो गर्नु पर्ने पनि कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार भिडियो खिचेर अपलोड गर्ने मध्येबाट ३ जनालाई  १ लाख नगद पुरस्कार दिइने छ। त्यस्तै सबै सहभागीहरुलाई बिवाईडीले विशेष उपहारहरूको बन्डल दिने जनाएको छ। सबै सहभागीहरुलाई  नाडा अटो शोको टिकट निःशुल्क दिने पनि कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved