पारामाउन्ट मोटर्सको एमजि कमेट इभि र एमजि ४ इभि गाडी सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2023 | 01:39:40 PM मा प्रकाशित

laxmi  sunrise bank

एमजि गाडीको लागि नेपालको आधिकारिक वितरक एवम आयातकर्ता पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजि कमेट इभि र एमजि ४ इभि सार्वजनिक गरेको छ । आज कम्पनीले यी दुई गाडी सार्वजनिक गरेको हो  ।

कम्पनीका अनुसार एमजि कमेट इभि भारतमा बनेको आकर्षक मुल्यको विद्युतीय गाडी हो जसले सिङ्गल चार्जमा २३० किलो मिटरको रेन्ज दिन्छ । यसमा १७३ Kwh को ब्याट्रि र ३१.२६KW को मोटर रहेको छ । एमजि कमेट इभिमा यात्रुहरुको सुरक्षाको लागि IP67 रेटेड ब्याट्रि, डुवल फ्रन्ट एयर ब्याग, पछाडि पट्टी पार्किङ् सेन्सर र सबै यात्रुको लागि सिट बेल्टहरु राखिएको छ । सुविधा र सहजताको लागि एमजि कमेट इभिमा एलसिडि स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसि र हिटर जस्ता सुविधाहरु रहेका छन्।

लन्चमा बोल्दै पारामाउन्ट मोटर्सका जेनेरल म्यानेजर सचिन अर्यालले भने , “नेपाली बजारमा यी दुई विद्युतीय सवारी भिर्त्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । स्टाइलिस, प्राक्टिकल र आफ्नो बजेटमा गाडी किन्न चाहने ग्राहकवर्गका लागि यी दुई मोडलहरु अत्यन्तै उपयुक्त हुन्छन् ।”

एमजि कमेट इभिको शुरुवाती मुल्य १७९९ रहेको छ भने एमजि कमेट इभि प्ले र पेस गरी २ वटा भेरिएन्टमा उपलब्ध छ । त्यस्तै एमजिले कमेट इभिको हाइ भोल्टेज कम्पोनेन्टमा १,००,००० किलोमिटरसम्म ३ वर्षको वारेन्टि दिएको छ भने हाइ भोल्टेज ब्याट्रिमा १,२०,००० किलोमिटरसम्म ८ वर्षको वारेन्टि दिएको छ ।

एमजि ४ इभि २०२३ को युके कार अफ द इयर हुनुको साथै यसले युरोपमा पनि सेफ्टीको लागि ५ स्टार पाएको छ । कम्फर्ट र लक्जरी गरी २ भेरीयन्टमा उपलब्ध एमजि कम्फर्ट इभिको ब्याट्रि क्षमता ५१Kwh र ९९KW को मोटर रहेको छ। त्यस्तै एमजि लक्जरी इभिको ब्याट्रि क्षमता ६४ Kwh र १५० KW को मोटर रहेको छ । एमजि ४ इभिको मुख्य आकर्षण भनेको इन्डिभिजुअल सस्पेन्सन र रियर व्हिल ड्राइभ हो जुन यही मुल्यमा नेपाली बजारमा उपलब्ध विद्युतीय गाडीहरुको सेग्मेन्टमा पहिलो फिचर हो ।
एमजि ४ इभिले सिङल चार्जमा ४३५ किलोमिटर सम्मको रेन्ज दिन सक्छ । राम्रो ह्यान्ड्लिङ र ट्रयाक्सनको लागि एमजि ४ इभिमा रियर व्हिल लेआउट राखिएको छ । त्यस्तै यात्रुहरुको सुरक्षाको लागि रियर आइसोफिक्स, फ्रन्ट साइड एयर ब्याग, टायर प्रेसर मनिटरिङ्ग सिस्टम, सिट बेल्ट रिमाइन्डर जस्ता फिचरहरु रहेका छन भने सुविधा र सहजताको लागि मोबाइल फोन ब्लुटुथ कि, ५ वटा डाइभिङ मोड आदि जस्ता फिचरहरु रहेको कम्पनीले जनाएको छ।

त्यस्तै एमजि ४ इभिको लागि हाइ भोल्टेज ब्याट्रिमा १,५०,००० किलोमिटरसम्म ८ वर्षको वारेन्टि दिएको छ भन हाइ भोल्टेज कम्पोनेन्टमा १,००,००० किलोमिटरसम्म ३ वर्षको वारेन्टि दिएको छ ।

त्यस्तै एमजि ४ कम्फर्ट इभिको शुरुवाती मुल्य ४१.४९ लाख रहेको छ भने एमजि लक्जरी इभिको शुरुवाती मुल्य ५८.९९ रहेको छ । एमजिका यी दुवै इभिमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रिभर्सिङ क्यामरा र आवश्यक सेफ्टी फिचरहरु रहेका छन् । यी दुवैमा एमजिले आफ्टर सेल्स सर्भिस र एक वर्षको वारेन्टि प्रदान गरेको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved