सिप्रदी अटोपार्टसको रिटेलर्स मीट र टाटा गुरु सम्मान कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2023 | 02:48:15 PM मा प्रकाशित

laxmi  sunrise bank

टाटा जेन्युइन पाट्र्स र टाटा मोटर्स जेन्युइन आयलको आधिकारिक वितरक सिप्रदी अटो पार्टस प्राइभेटले काठमाडौं उपत्यका भित्रका रिटेलर्स मीट र टाटा गुरु सम्मान कार्यक्रम आयोजना गरेको छ ।

सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा सिप्रदी अटोपार्टस्का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले उक्त कार्यक्रम सञ्चालन गरेका हुन् ।

टाटा लाई टाटा नै सही भन्ने मूल मन्त्र मान्दै सञ्चालन गरिएको कार्यक्रममा सम्बोधन गर्दै सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले सबैको साथ पाएर मात्र टाटा नेपालमा अटोमोबाइलको क्षेत्रमा नम्बर एक रहेकोले गर्दा सिप्रदीले पनि सबै रिटेलर्स, मेकानिक्स र ग्रहकलाइ साथमा लिएर अगाडी बढने गरेको बताए । 

सिप्रदीले प्राविधिकहरुलाई आधुनिक प्रबिधिहरुको तालिम उपलब्ध गराई रहेको जानकरी गराउदै हालसालै तीन दिन तालिम लिएका २५ जनता प्राविधिकहरुलाई प्रमाणपत्र वितरण गरी सम्मानित गरेका थिए ।

कार्यक्रममा खुद्रा बिक्रेताहरुको वित्तीय व्यवस्थापनको लागी सिप्रदीले नबिल बैंकसंग सम्झौता गरको अनि नयाँ प्रविधिसंग अभ्यास हुन डायनामिक टेक्नोसफ्ट संग सम्झौता गरी ईआरपी सफ्टवेयर प्रदान गर्न लागेको जानकारी गराए । 

श्रेष्ठले ग्राहकलाइ टाटा जेन्युइन पार्टस र टाटा मोटर्स जेन्युइन आयल सहज, सुलभ र सहुलियत रुपमा उपलब्ध होस भनी सिप्रदीले अनलाइन स्टोर दराजसंग सम्झौता गरि दराजमा उपलब्ध गराएको जानकारी गराए ।

कार्यक्रममा रिटेलर्स र टाटा गुरुलाई बिभिन्न उपहारहरु प्रदान गरिएको थियो । टाटा वफादारी कार्यक्रम अन्तर्गत टाटा गुरु दिपक महर्जनले डियो स्कुटर उपहार प्राप्त गरे । आईफोन १४ प्रो २ जनाले, एलईडी टेलिभिजन २ जनाले लगायत अन्य धेरैले उपहार प्राप्त गरेका थिए ।

कार्यक्रम लाई सम्बोधन गर्दै टाटा मोटर्स अन्तराष्ट्रिय व्यापार प्रमुख राकेश मित्तलले आधुनिक प्रबिधिलाइ आत्मसाथ गर्नु पर्ने बताए । साथै सम्पूर्ण उपहार बिजेताहरुलाई बधाई दिदै टाटा मोटर्स आफ्ना ग्राहकको साथ रहने बताए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved