नेपालमा एसयूभी होन्डा एलिभेट सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2023 | 09:17:07 AM मा प्रकाशित

laxmi  sunrise bank

होन्डा नेपालले ५ सिटर एसयूभी होन्डा एलिभेट सार्वजनिक गरेको छ ।  आधुनिक स्टाइल र  उत्कृष्ट पर्फमेन्स भएको यस एसयूभीले ग्राहकहरुलाई उच्चस्तरीय ड्राईभिङ्ग अनुभव दिने होन्डाले जनाएको छ।    

कम्पनीले बह्नेको छ 'होन्डा एलिभेटको आकर्षक बाहिरी डिजाइनले सडकमा ध्यान आकर्षित गर्नेछ भने गाडीको स्पेसियस इन्टेरीयरले  यात्रुहरुलाई आरामदायी यात्राको अनुभव प्रदान गर्नेछ भने  हरेक यात्राको आनन्द लिन पर्याप्त कोठा प्रदान गर्दछ।यसका अतिरिक्त यस गाडीमा जडान गरिएको  अत्याधुनिक होन्डा सेन्सिङ्ग प्रणालीले ड्राइभरलाई सहायता गर्दै अत्याधिक सुरक्षा प्रदान गर्नेछ। '

कम्पनीका अनुसार २२० मिलिमिटरको असाधारण ग्राउण्ड क्लियरेन्स प्रदान गर्दै,  एलिभेटले एस यू भी हरुका लागि नयाँ मानक सेट गरेको छ । यसबाहेक, यो गाडीको इन्जिनले १२१ पि एस  (लगभग ११९ हर्स पावर ) को प्रभावशाली पावर आउटपुट प्रदान गर्ने कम्पनीले जनाएको छ।

होन्डा एलिभेट  नेपालभरिका  आधिकारिक होन्डा डिलरशिपहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ। विभिन्न भेरियन्टमा उपलब्ध गाडीको मूल्य न्युनतम ५६ लाख ३६ हजार देखि अधिकतम ७९ लाख ४४ हजारसम्म रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved